दमौली अस्पतालमा ज्यान गुमेको घटनाको छानबिन गर्न राजमो तनहुँको माग

  •   
  •  
  •  
  •  
  •  
  •  

160 जनाले पढ्नु भयो ।

काठमाडौँ । राष्ट्रिय जनमोर्चा तनहुँले दमौली अस्पतालमा ज्यान गुमाउन पुगेका एक पुरुषको सम्बन्धमा छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ ।

राजमो तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठको हस्ताक्षरमा बुधबार जारी प्रेसवक्तव्यमा यस्तो माग गरिएको हो ।

मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदनाका साथै कोरोना महामारीमा सुरक्षाका आवश्यक सबै मापदण्ड अपनाउन आग्रह गरिएको सो प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

“२०७८ वैशाख २६ गते कोरोना भाइरस सङक्रमित भई उपचारको लागि दमौली अस्पताल आइपुगेका भानु नगरपालिकाका ६५ वर्षीय पुरुषको ज्यान गुमेको घटनाले राष्ट्रिय जनमोर्चा तनहुँको ध्यानाकर्षण भएको छ । दमौली अस्पतालले उपचारमा ढिलासुस्ती गरेको कारणले ज्यान गएको खबर बाहिर आएको छ । यो अत्यन्त दुःखद कुरा हो ।

एउटा राज्य संयन्त्रबाट सेवामा खटिएका जिम्मेवार व्यवस्थापक र स्वास्थ्यकर्मीहरूले बेलैमा आफ्नो जिम्मेवारी पूरा नगर्नु गम्भीर चिन्ताको विषय हो । यस प्रकारको कमजोरीप्रति राष्ट्रिय जनमोर्चा खेद प्रकट गर्दछ । आगामी दिनमा यस प्रकारको कमी–कमजोरी दोहोरिन नदिन सम्बन्धित सबै पक्षले सचेतता अपनाउन र उक्त घटनाको यथाशीघ्र छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा जोडदार माग गर्दछ । साथै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्न चाहन्छौँ ।

यस प्रकारका महामारी मानवजातिले इतिहासमा पटक पटक भोग्दै आएको छ । यो महामारीबाट हतोत्साहित नहुन र सुरक्षाका सबै मापदण्ड अपनाउन हामी आम जनसमुदायमा हार्दिक अपिल गर्दछौँ । कोरोना सङ्क्रमित हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *