दर्शनशास्त्रका आधारभूत मान्यताहरू

  •   
  •  
  •  
  •  
  •  
  •  

187 जनाले पढ्नु भयो ।

जनक बिसी ##

दर्शनशास्त्र प्राचीनकालदेखि नै विकसित हुँदै आएको विज्ञान हो । विभिन्न ऐतिहासिक अवस्थामा वर्ग अस्तित्वमा आउँदै गए । ती वर्गको सङ्घर्षको बिचबाट विभिन्न दार्शनिक प्रणाली देखा पर्दै गए । त्यसरी विकास भएको दार्शनिक प्रणालीको विवेचना कसरी गर्ने ? यी प्रणालीको वैज्ञानिक मूल्याङ्कन कसरी गर्ने ? दार्शनिक चिन्तनको इतिहासमा यी प्रणालीमध्ये प्रत्येकको स्थान कसरी निर्धारण गर्ने ? यी महत्त्वपूर्ण प्रश्न हुन् । यी प्रश्नको समाधान गरेर हामी दर्शनशास्त्रका आधारभूत नीतिप्रति प्रष्ट हुन सक्ने छौँ ।

मानिसको वरिपरि रहेको जगत््को ध्यानपूर्वक अध्ययन गर्ने हो भने जगतका सम्पूर्ण वस्तु तथा घटना भौतिक प्रकारका नै हुन्छन् । जेजति कुराको वस्तुपरक रूपमा वा मानिसको चेतनाबाहिर त्यसबाट स्वतन्त्र रूपमा अस्तित्त्व छ, ती सबै भौतिक घटना हुन्† जस्तै– धर्तीमा रहेका वस्तु र प्रक्रिया ब्रह्मान्डका असङ्ख्य पिन्डको अस्तित्त्व मानिसको चेतनाभन्दा स्वतन्त्र रूपमा हुन्छ ।

पदार्थ र चेतनाबिचमा के सम्बन्ध छ ? यो प्रश्न नै दर्शनशास्त्रको आधारभूत समस्या हो । अस्तित्त्वप्रति चिन्तनको सम्बन्ध नै दर्शनशास्त्रको मूल समस्या हो । यो समस्या समाधानको आधारमा जगतका विकासका नियम प्रष्ट हुँदै जान्छ । दर्शनशास्त्रको मूल समस्या समाधान नगरिकन न त दार्शनिक प्रणालीको निर्माण गर्न सकिन्छ, न पूर्णतः यो संसारको चित्र उतार्न नै सम्भव हुन्छ ।

पदार्थ र चेतनाबिचमा के सम्बन्ध छ ? यो प्रश्न नै दर्शनशास्त्रको आधारभूत समस्या हो । अस्तित्त्वप्रति चिन्तनको सम्बन्ध नै दर्शनशास्त्रको मूल समस्या हो । यो समस्या समाधानको आधारमा जगतका विकासका नियम प्रष्ट हुँदै जान्छ । दर्शनशास्त्रको मूल समस्या समाधान नगरिकन न त दार्शनिक प्रणालीको निर्माण गर्न सकिन्छ, न पूर्णतः यो संसारको चित्र उतार्न नै सम्भव हुन्छ ।

दर्शनशास्त्रको मूल समस्या भनेकै दुई पक्ष छन । पदार्थ र चेतनामध्ये आदितत्त्व कुन हो ? पदार्थबाट चेतनाको उत्पत्ति भएको हो कि चेतनाले पदार्थलाई जन्म दिएको हो भन्ने समस्याको समाधान पहिलो पक्षमा आउँछ । अनि, दोस्रो पक्षमा जगत बोधगम्य छ कि छैन ? मानिसको बुद्धिविवेकले प्रकृतिको रहस्य बुझ्न र त्यसको विकासका नियम थाहा पाउन सक्दछ कि सक्दैन भन्ने प्रश्न नै हो ।

दर्शनशास्त्रको मूल समस्याको सारतत्त्वबारे घोत्लिँदा, परस्पर विरोधी तत्त्वको अनुभूति हुन्छ । या त पदार्थलाई पहिलो मान्न सकिन्छ, या चेतनालाई । यसैकारणले प्राचीनकालदेखि नै दर्शनशास्त्रमा दुई मुलभूत धारा देखा परेका छन् ।

पदार्थ पहिलो तथा चेतना पदार्थबाट उत्पन्न भएको कुरा मान्ने दार्शनिक भौतिकवादसित सम्बन्धित छन् । उनीहरूको दृष्टिकोणमा पदार्थ शाश्वत हुन्छ । कसैले पनि कहिल्यै पदार्थको सृष्टि गरेको होइन, संसारमा कुनै किसिमको अलौकिक अथवा परलोक शक्तिको अस्तित्व छैन, चेतना पदार्थको ऐतिहासिक विकासको उपज हो भन्ने भौतिकवादी मान्यता छ ।

आत्मा अर्थात् चेतनालाई आदितत्त्व मान्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् । उनीहरूको दृष्टिकोणमा पदार्थभन्दा पहिले नै चेतनाको अस्तित्व थियो । त्यसैले पदार्थलाई जन्म दिएको थियो अर्थात् चेतना नै सम्पूर्ण अस्तित्वको पूर्वाधार हो । कुन चेतनाले संसारको उत्पत्ति गर्दछ भन्ने प्रश्नमा भने अध्यात्मवादीको बिचमा मतभेद छ । आत्मगत अध्यात्मवादीहरू कर्ता अथवा पृथक् व्यक्तिको चेतनाद्वारा संसारको सिर्जना हुने तर्क गर्दछन् । वस्तुवादी अध्यात्मवादीहरू कुनै वस्तुगत चेतनाले जगत््को सिर्जना गर्दछ भन्ने व्याख्या गर्दछन ।

विभिन्न दार्शनिक प्रणालीमा कतै परम भावनाको रूपमा त कतै परम इच्छा आदिको रूपमा अध्यात्मवादलाई पुष्टि गर्ने प्रयास गरिन्छ ।
भौतिकवादीहरू जगत बोधगम्य छ भनेर तर्क गर्दछन । जगत्को बारेमा मानिसको ज्ञान प्रामाणिक छ । मानिसको बुद्धिविवेकले वस्तुको आन्तरिक स्वभाव थाहा पाउन सक्दछ र तिनको सारतत्त्व बुझ्न सक्दछ । अध्यात्मवादीहरू भने संसारको बोधगम्यतालाई अस्वीकार गर्दछन । कोही संसारलाई बोधगम्य मान्दछन्, तापनि व्यवहारमा त्यस्तो देखिँदैन । मानिसले वस्तुगत जगत् तथा प्रकृतिको बोध गर्ने होइन, उसले त आफ्नै विचार तथा अनुभूतिलाई पो बोध गर्दछ भन्ने उनीहरूको मान्यता छ । वस्तुगत अध्यात्मवादीहरू रहस्यमय भावना, ब्रहल्माई बोध गर्दछ ।

भौतिकवाद, जसको आधुनिक रूप माक्र्सवाद, लेनिनवाद, माओत्सेतुङ विचारधाराको सिद्धान्तमा आधारित प्रगतिशील र वैज्ञानिक विश्वदृश्टिकोण हो, संसारको सही चित्रण गर्दै वास्तविक रूपमा जगत् जस्तो छ, त्यस्तै व्याख्या गर्ने हुनाले भौतिकवादले विज्ञानको विश्वासिलो सहयोगीको रूपमा काम गर्दछ । मानिसको व्यावहारिक कार्यमा सघाउ पुर्याउँछ । यसैको आधारमा नै भौतिकवादको उत्पति र विकास पनि भएको हो ।

भौतिकवाद र अध्यात्यमकवादले कसको सेवा गर्दछन ?

भौतिकवाद, जसको आधुनिक रूप माक्र्सवाद, लेनिनवाद, माओत्सेतुङ विचारधाराको सिद्धान्तमा आधारित प्रगतिशील र वैज्ञानिक विश्वदृश्टिकोण हो, संसारको सही चित्रण गर्दै वास्तविक रूपमा जगत् जस्तो छ, त्यस्तै व्याख्या गर्ने हुनाले भौतिकवादले विज्ञानको विश्वासिलो सहयोगीको रूपमा काम गर्दछ । मानिसको व्यावहारिक कार्यमा सघाउ पु¥याउँछ । यसैको आधारमा नै भौतिकवादको उत्पति र विकास पनि भएको हो ।

भौतिकवाद जनताको भलाइ, मानवजातिको प्रगतिको निमित्त चासो लिने र समाजको अर्थतन्त्र एवम् संस्कृतिको विकासका निम्ति अग्रसर रहने प्रगतिशील सामाजिक वर्गको विश्वदृष्टिकोण हो र रहँदै आएको छ । दास प्रथात्मक समाजमा प्रजातन्त्रवादी समूहले दासस्वामीको प्रतिक्रियावादी माथिल्लो तह कुलीनवर्गको विरुद्ध सङ्घर्षका लागि भौतिकवादी दृष्टिकोण नै अवलम्बन गरेका थिए ।

पुँजीवादको स्थापनाकालमा पनि भौतिकवादले सामन्तवाद तथा धर्मका विरुद्ध पुँतिपति वर्ग विरुद्धको सङ्घर्षमा वैचारिक अस्त्रको रूपमा काम गरेको थियो । हाम्रो समयमा पनि भौतिकवाद साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्ति विरुद्ध मानवजातिको प्रगतिशील हिस्साको सङ्घर्षको शक्तिशाली साधन बनेको छ ।

अध्यात्मवाद जगत्को वैज्ञानिक व्याख्याको विरोधी हुन्छ । धर्मले जस्तै अध्यात्मवादले पनि अलौकिक शक्तिलाई नै जगत्को केन्द्रविन्दु ठान्दछ । वास्तवमा यसले अतिसूक्ष्म र छद्मभेषी धर्मको रूप लिन पुग्दछ । यो स्वभाविक पनि हो ।

ईश्वरले जगत्को सृष्टि गरेको धार्मिक कथालाई अध्यात्मवादले विद्वतापूर्ण दार्शनिक वाक्यको पर्दाले छोप्छ । अध्यात्मवादले वैज्ञानिकताको पनि बर्को ओढेको हुन्छ र धर्मले जस्तो अन्धविश्वासको मात्र भरमा नपरिकन मानिसको बुद्धिविकेकमा नै आड लिन खोज्दछ ।

अध्यात्मवादले श्रमिकलाई ठग्दछ र उनीहरूलाई साम्राज्यवादी प्रतिक्रियावादी शक्तिको विरुद्ध सङ्घर्षबाट विमुख तुल्याउँछ । उनीहरूलाई महत्त्वपूर्ण सामाजिक समस्याको समाधानबाट विचलित पार्दछ । शोषण र गरिबीको विरुद्ध शान्ति, प्रजातन्त्र, राष्ट्रिय मुक्ति तथा समाजवादको निमित्त सङ्घर्षबाट विमुख तुल्याउँछ ।

अध्यात्मवादले प्रगतिशील सामाजिक शक्तिको विरुद्ध समाजमा प्रतिक्रियावादी शक्तिको सङ्घर्षमा साथ दिनु स्वाभाविकै छ । श्रमिकलाई बौद्धिक रूपमा दास बनाउन उनीहरूमाथि आफ्नो प्रभुत्वको औचित्य सावित गर्न र यस प्रभुत्वलाई दरिलो तुल्याउन शोषकले सदैव नै अध्यात्मवाद र धर्मको प्रयोग गर्दै आएका हुन । वर्तमान समयमा पनि अध्यात्मवाद र धर्म नै मक्किएको कुहिएको पुँजीवादी व्यवस्थाको विश्वासिलो रक्षक समर्थक बन्न पुगेका छन् । अध्यात्मवादले वस्तुगत जगत्को अस्तित्व छ भन्ने यथार्थलाई अस्वीकार गर्दछ । जगत्लाई खालि चेतनाको उपज ठान्दै सबै सामाजिक अन्र्तविरोधको व्याख्या गर्दछ । अध्यात्मवादले पुँजीवादका सबै अवगुण र विपत्तिलाई मानिसको भ्रम भएको बताउँछ ।

यसरी अध्यात्मवादले श्रमिकलाई ठग्दछ र उनीहरूलाई साम्राज्यवादी प्रतिक्रियावादी शक्तिको विरुद्ध सङ्घर्षबाट विमुख तुल्याउँछ । उनीहरूलाई महत्त्वपूर्ण सामाजिक समस्याको समाधानबाट विचलित पार्दछ । शोषण र गरिबीको विरुद्ध शान्ति, प्रजातन्त्र, राष्ट्रिय मुक्ति तथा समाजवादको निमित्त सङ्घर्षबाट विमुख तुल्याउँछ । अध्यात्मवाद र धर्मको चरित्र समान र निकट छ भन्ने कुरा प्रष्ट छ तर यी दुवैलाई एक ठान्नुहुँदैन । अध्यात्मवादीमध्ये त्यस्ता मानिस पनि थिए, जसले दार्शनिक चिन्तनको विकासमा ठुलो योगदान पुर्याएका थिए । उनीहरूले समष्टिमा जगत्को विकृत चित्र नै प्रस्तुत गरे ।

वैज्ञानिक एवम् व्यावहारिक उपलब्धिले अध्यात्मवादको निराधारता धेरै पहिले नै सावित गरिसकेका छन् । पुँजीवादी मुलुकमा अझैसम्म पनि अध्यात्मवादी धारणा व्यापक रूपले फैलिएको छ । शोषकको वर्गीय स्वार्थ नै यसको मुख्य कारण हो । शोषकवर्गका लागि भौतिकवाद विरुद्ध सङ्घर्षको साधन र श्रमिकको बौद्धिक दासत्वको अस्त्रको रूपमा अध्यात्मवादको आवश्यकता हुन्छ ।

समाजवादी समाजमा शोषक रहँदैनन । तसर्थ अध्यात्मवादको प्रचार गर्न इच्छुक मानिस पनि छैनन् र यस समाजमा त्यसको प्रचार हुँदैन । समाजवादी व्यवस्थामा वैज्ञानिक एवम् भौतिकवादी विश्वदृष्टिकोण नै प्रभुत्वमा रहन्छ । यस प्रकारले हामी के देख्दछौँ भने दार्शनिकले जुन आधारमा दर्शनशास्त्रको मूल समस्या समाधान गर्दछन्, त्यसैअनुरूप भौतिकवादी हुने कि अध्यात्मवादी ? त्यो प्रष्ट हुँदै जान्छ । जगत्को चित्र उतार्दा प्रत्येक दार्शनिकले बोधगम्यताको निश्चित पद्धति अवलम्बन गरेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *