दाङमा भिडियो कन्फरेन्समार्फत मनाइयो मे दिवस 

दाङ । १३१ औं मे दिवस दाङमा भिडियो कनफरेन्समार्फत मनाइएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) जिल्ला समिति दाङका आयोजनामा मनाइएको मे दिवसमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (मसाल) का जिल्ला प्रवक्ता भरत भण्डारीले पुँजीवादी ब्यवस्थामा वास्तविक मजदुरहरुको हित सम्भव नरहेको बताउनुभयो ।

अहिलेको कोरोना भाइरसको विश्व महामारीमा पनि त्यो देखिएको भन्दै उहाँले मजदुरको हित र अधिकारको लागि नायाँ जनवादी क्रान्तिको जरुरी रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य राम बहादुर घर्ती, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य कपिलदेव खनाल, अखिल नेपाल युवक संघका जिल्ला सदस्य डोर बहादुर केसी, अखिल नेपाल राष्ट्रिय उधोग ब्यापार संघका जिल्ला कोषाध्यक्ष हरी खरेल लगायतले मन्तब्य राख्नुभएको थियो ।

महासंघका जिल्ला अध्यक्ष हरि थापाको अध्यक्षतामा भएको कार्यक्रमकोकार्यक्रमको सहजीकरण जिल्ला सचिव तुलसिराम पन्थीले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार