दाङमा राजमोमा प्रवेश निरन्तर

दाङ । घोराही उपमहानगर पालिकामा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने क्रम जारी रहेको छ । मंगलबार पनि घोराहीका विभिन्न वडाका युवाहरु राजमोमा गरेका छन् ।

यसरी प्रवेश गर्नेहरुमा घोराही वडा नं १ बाट तारा बहादुर तामाङ, वडा नम्बर ३ बाट डम्मर बहादुर आले र अमर खडका, वडा नम्बर ६ बाट दलमान पुन, वडा नम्बर १० बाट तुलसिराम न्यौपाने, वडा नम्बर १५ बाट रुम बहादुर रावत (किसन), डोम बहादुर डागी र सुशील थापा रहनु भएको छ ।

नवप्रवेशीहरुलाई राजमोका जिल्ला अध्यक्ष गणेश आचार्यले सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको छ । कार्यक्रममा आचार्यले समाजमा बिद्यमान बेथितिहरुको अन्त्यको लागि राष्ट्रिय जनमोर्चालाई मजबुद बनाउनु पर्ने सबै साथीहरूको महत्त्वपूर्ण भूमिका हुनुपर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार