दामोदर गुरुङलाई खोजी गरौं

729 जनाले पढ्नु भयो ।

जिल्ला प्यूठान, सरुमारानी गाउँपालिका ३ हंसपुर, निवासी रवि गुरुङका भाई वर्ष १५ का दामोदर गुरुङ १२ जनवरी २०२१ का दिनदेखि सम्पर्क विहिन भएका छन् । उक्त तारिकमा दामोदर मुम्बईबाट सिक्किमको एक जना साथीसँग सिक्किम गएका थिए । उक्त साथीको अनुसार उनलाई २६ जनवरी २०२१ का दिन सिक्किमबाट नेपाल झापाको लागि बसको टिकट काटेर पठाएका थिए । तर हालसम्म उनी घर–परिवार र आफन्तको सम्पर्कबाट टाढा छन् ।

उनी सम्पर्क विहिन हुँदा घर परिवार र आफन्त निकै चिन्तामा छन् । ४ फिट उचाई, गहुँगोरो बर्ण, गोलो अनुहार भएका निज दामोदर गुरुङलाई कुनै महानुभावले फेलापार्नु भएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा भारतमा रविन गुरुङको मो.न. 9004637297/9971925308 नेपालमा 00977-9812852923 मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ । फेलापारी सम्बन्धित स्थानमा पुर्याई दिने व्यक्तिलाई आउनजान बाटो खर्च र दश हजार भारुको इनाम समेत व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *