दुई कार्यकर्ताको स्मृतिमा भोपालमा शोकसभा

खिमराज चालिसे, भारत ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिले दिवंगत दुई कार्यकर्ताको स्मृतिमा शोकसभाको आयोजना गरेको छ । नगर समिति का पूर्व सदस्य तथा निवर्तमान एरिया समितिका सहसचिव स्व. पदम बहादुर विष्ट र नगर समितिका सदस्य बिष्णु अर्यालको स्मृतिमा शोकसभा आयोजना गरिएको हो ।

तत्कालिन एरिया समितिका सहसचिव पदम बहादुर विष्टको गत १६ जुनमा ह्रदयघातका कारण मृत्यु भएको थियो ।

प्युठान जिल्लाको प्युठान –२ क्वाडी स्थायी निवासी लोक बहादुर विष्टका काईंला छोरा स्वर्गीय पदमबहादुर विष्टको ५२ वर्षको उमेरमा निधन भएको थियो । उहाँ मूलप्रवाहमा १९९३ देखिनै क्रियाशील हुनुहुन्थ्यो । भारतमा लकडाउनको कारण उहाँको श्रद्धान्जली सभा गर्न सकिएको थिएन ।

त्यस्तै नगर समितिका सदस्य विष्णु अर्यालको गत अगस्त २८ मा सडक दुर्घटनामा परी निधन भएको थियो । गुल्मीको छत्रकोट गाउँपालिका–६ दौंघा निवासी ताल बहादुर अर्याल का जेठा छोरा बिष्णु अर्याल ( क. सुरज) को ३८ वर्षको उमेरमा निधन भयको थियो । उहाँ मूलप्रवाह जालन्धर पंजाबबाट १९९४ देखि र भोपालमा २००४ देखि विभिन्न मोर्चाहरुमा कार्यरत हुँदै हाल नगर सदस्य हुनुहुन्थ्यो।

अल्पायुमा निधन हुन पुगेका दुवै कार्यकर्ताहरुको स्मृतिमा आयोजित शोक सभाको अध्यक्षता नगर अध्यक्ष किम बहादुर कार्कीले गर्नुभएको थियो भने सञ्चालन नगर सचिव सोनु थापाले गर्नुभएको थियो ।

कार्यक्रममा मूलप्रवाहका केन्द्रीय सदस्य ताल बहादुर खड्का, क्षेत्रीय अध्यक्ष केबि खड्का, महिला नगर विभागकी मिना रानाभाट लगाएत नेता कार्यकर्ताहरुले फोटोमा माल्यार्पण गर्दै शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । यस्तै, नगर समितिका कोषाध्यक्ष पिताम्बर पुलामी, महिला विभागबाट लक्ष्मी रोकामगर, रक्तिम विभागवाट कमल जोशी, एरिया समितीका हरि थापा, मन बहादुर विक, लगाएत कार्यकर्ताहरुले पनि शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यस क्रममा वक्ताहरुले शोकलाई शक्तिमा बदल्न सम्पुर्ण कार्यकर्तालाई हौसला दिँदै उहाँहरुको कमीलाई पुर्ती गर्न नसके पनि उहाँहरु हिँडेको बाटोमा दृढ़तापूर्वक अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार