दुरपति कुँवरको सम्झनामा बागलुङमा शोक सभा

तिलक थापा, बागलुङ ।
राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष एवम् समाजसेवी धर्महादुर कुँवरकी जीवनसंगिनी दुरपति कुँवरको स्मृतिमा उहाँकै निवासमा शोक सभाको आयोजना गरिएको छ । राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समितिको आयोजनामा शनिबार कुँवर निवासश ढोरपाटन नगरपालिका–५ मस्तिमा शोकसभा आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका सदस्य खिमविक्रम शाहीले कठिन राजनीतिक अबस्थामा पनि दुरपति कुँवरले पुर्याएको योगदानको चर्चा गर्दै उहाँको निस्वार्थ भावनाको जति प्रशंसा गरेपनि कम हुने बताउनुभयो ।

शोकमा रहनुभएका राजमो बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवरले जीवनसंगिनी दुरपतिले जीवनमा पार्टी र समाज परिवर्तनमा सक्दो योगदान दिएको स्मरण गर्दै आफूले जीवन संगिनी मात्रै नभएर अभिभावक गुमाएको बताउनुभयो ।

राजमो ढोरपाटन नगर समितिका कोषाध्यक्ष धन कुमारी कुवँरको अध्यक्षयतामा भएको कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य धन बहादुर कुँवर, महिला संघकी जिल्ला उपाध्यक्ष दुर्गादेवी घर्ती लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार गौरीश्वर पाण्डे, अखिल नेपाल शिक्षक संघका नगर अध्यक्ष टीका बहादुर पुन, अखिल (छैठौं) बागलुङका अध्यक्ष ईन्द्रमणि पाण्डे, राजमो नगर सचिव तुल्सीराम खरेल, रक्तिमका जिल्ला सचिव सहबिन अर्गेजा, मिलन हमाल धन बहादुर खत्री लगायतका नेता कार्यकता तथा कुवँर परिवार तथा आफन्तजनको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन दुर्गा भण्डारीले गर्नुभएको थियो ।

दुरपति कुँवरको क्यान्सर र जण्डिसका कारण आइतबार ६६ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार