दुर्गा जिसीप्रति हार्दिक श्रद्धांजली

  •   
  •  
  •  
  •  
  •  
  •  

464 जनाले पढ्नु भयो ।

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिद्वारा सञ्चालित अम्बातुर ‘सि’ एरिया अन्तर्गतका सदस्य बर्ष ४९ का दुर्गा बहादुर जिसीको दुःखद निधन भएको छ । उनी रुपन्देही सैनामैना नगरपालिका ७, आमी बजार निबासी धन बहादुर जिसीका छोरा हुन् । जिसी लामो समयदेखि बिरामी थिए ।

१६ जुलाई २०२० तदनुसार (१ साउन २०७७) का दिन करिब ६.३० बजे विहान उनको दुखद निधन भएको जिसीको पारिवारिक श्रोतले जनाएको छ । उनको कोरोना परिक्षण गरिएता पनि रिपोर्ट नेगेटिव आएको जानकारी प्राप्त भएको छ । दुर्गाबहादुर जिसीका परिवार चेन्नईमा नै रहँदै आएका छन् ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य महेन्द्र वस्याल, चेन्नई पश्चिम नगर समितिका सदस्य प्रेम नेपाली, नगर सदस्य भिमबहादुर रोका मगर, एरिया सदस्य कुमार पुन, काका अम्मरबहादुर जिसी, दाजु रत्नबहादुर जिसी, छोरा मोहन जिसी, श्रीमति पार्वती जिसी, दिपीन जिसी, खिम जिसी, बिक्रम लामा, रामबहादुर बिसी, राजु नेपाली, पूर्ण प्रसाद शर्मा, हिराल जिसी, मनिलाल बिक, कम्पनी मालिक र स्टाफहरूको उपस्थितमा दुर्गा बहादुर जिसीको अम्बातुरस्थित डन्लप एरियामा रहेको संसानघाटमा करिव ११.३० बजे दाहसंकार गरिएको छ ।

निजको सम्मानमा एक मिनेट मौनधारणका साथै शोकसभाको आयोजना गरिएको थियो । शोकसभामामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य महेन्द्र बस्यालले शोक मन्तव्य राख्नु भएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति मृतक दुर्गा बहादुर रोकाप्रति भावपूर्ण श्रद्धांजली प्रकट गर्नुका साथै शोकाकूल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *