दुर्घटनामा मृत्यु भएका नेपालीका आफन्त नआएपछि मूल प्रवाहले गर्‍याे दाह संस्कार

खिमराज चालिसे,

चंडिगढ। भारतको चंडिगढमा दुर्घटनामा मृत्यु भएका एक नेपालीको शव मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कानुनी प्रक्रिया पुरा गरी दाह संस्कार गरेको छ ।

चंडिगढ रेलवे स्टेशनमा मृत्यु भएका दाङको तुल्सीपुर उपमहानगरपालिका–४ निवासी यम बहादुर सिरिसका २८ वर्षीय छोरा विश्वास सिरिसको शवलाई मूल प्रवाहले दाहसंस्कार गरी अभिभावकीय जीम्वेवारी निभाएको हो ।

चंडीगढ रेलवे पुलिसले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई २७ जुलाइमा दिएको जानकारीका आधारमा दाङका राजमो जिल्ला अध्यक्ष गणेश आचार्य र मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले पहल गरी मृतकका आफन्त पत्ता लगाइएको थियो ।

तर आफन्तहरू मृतक विश्वासको दाहसंस्कार गर्न आउन नसक्ने भनी वार्ड कायालयमार्फत सिफारिसपत्र पठाएका थिए ।

सो पत्र लिएर समाजका केन्द्रीय सदस्य दिनेश खड्का र केन्द्रीय सल्लाहकार खिमराज चालिसेले थाना रेलवे पुलिससँग लामो छलफल गरेपछि पुलिसले सबै कानूनी प्रकृया पुरा गरी मृतकको शव पोस्टमार्टम गरी मूल प्रवाहलाई आज हस्तान्तरण गरेको थियो ।

विश्वासको शव आज (शुक्रबार) मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्का, सल्लाहकार तिलक पौडयाल र खिमराज चालिसे, नगर अध्यक्ष मानबहादुर केसी, सदस्यहरू राम प्रसाद शर्मा, डासीराम अर्याल तथा नेपाली वेलफेयर का संजय राई र दयाराम ढकाल एवम् चंडिगढ रेलवे पुलिसको उपस्थितीमा दाहसंस्कार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार