देशको न्यायप्रणाली उदाङ्गो हुनु गम्भिर चिन्ताको विषय : सांसद जिसी

  •   
  •  
  •  
  •  
  •  
  •  

12045 जनाले पढ्नु भयो ।

बुटवल, २२ असार। देशको सुरक्षा ब्यवस्था र न्यायप्रणालीप्रति जनताको विश्वास समाप्त हुने मात्र हैन अन्तर्राष्ट्रिय रुपमै बदनाम हुने अवस्था सिर्जना भएको राष्ट्रिय जनमोर्चा कि प्रदेश सांसद तारा जिसीले बताउनु भएको छ । प्रदेश ५ को छैंटौ अधिबेशनको एक्काईसौं बैठकको बिशेष समयमा बोल्दै रुकुम पश्चिममा भएको सामुहिक नरसंहारका प्रमाणहरु नस्ट गर्ने वा जालझेल गरी घटनाको सत्यतथ्य र वास्तविकता धुमिल पारी वंगाउने प्रयत्न भइरहेको तथ्यहरु बाहिर आइरहेको समेत बताउनु भयो । “यसबाट घटनाका दोषीहरु उम्कने सम्भावना बढेर गएको र यो विभत्स, अमानविय घटनामा पनि निर्मलाको बलात्कार पछि हत्याको घटनाको पुनरावृति हुने देखिएकोछ ।”

“भ्रष्टाचार तथा शुशासनको क्षेत्रमा देशको अवस्था चिन्ताजनक रहेको गुनासो सबत्र चर्चामा रहेसंगै न्यायप्रणाली पनि एकपछि अर्को घटनामा यसरी उदाङ्गो हुनु गम्भिर चिन्ताको बिषय हो ।” जिसीले भन्नु भयो – “रुकुम पश्चिमको घटनाका दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउन् र उक्त अमानविय घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने हुन्छ ।”

प्रदेश भित्रका अधिकांस क्वारेन्टाइनहरु स्वास्थ्य मापदण्ड अनुसार नभएको, पीसिआर परिक्षणमा प्रतिदिन कमि आएको र संक्रमितहरुको रेखदेखमा पनि उपेक्षा भएको भन्दै सरकारलाई गम्भिर बन्न जिसीले अनुरोध गर्नुभयो । सांसद जिसीले काठमाडौंका ढलमा समेत कोरोना पोजेटिभ स्वास्थ्य विदहरुले परिक्षणबाट पुष्टि गरेको औंल्याउदै महामारीको संकट भयाभह बन्दै गएको र यसको नियन्त्रणको लागि राज्य जिम्मेवार बन्न प्रदेश र संघीय सरकारको ध्यानकर्षण गराउनु भयो ।

बर्षातको मौसममा बाढी पहिरोले जनतालाई चपेटा लिएको, पहाडी क्षेत्रमा भू–स्वखलन पहिरोले ठूलो जनधनको क्षति पुगेको र तराईमा डुवानको गम्भिर समस्या उत्पन्न भैरहेकोले विपत ब्यवस्थापन र जोखिम न्यूनिकरणको लागि पूर्व तैयारीमा प्रदेश सरकारको सक्रियताका लागि जिसीले अनुरोध समेत गर्नुभयो ।

किसानलाई अति आवश्यक मल खादको समस्या समाधान हुन नसकेको र सिमा क्षेत्रमा रोकिएको बताउँदै पर–निर्भर अर्थतन्त्रको यो स्वभाविक परिणाम भएको जिसीको भनाई थियो । “मानो छरेर, मूरी फलाउने वेलामा मल विउको आवश्यक ब्यवस्थापन समेत गर्न नसके खाद्यमा आत्मनिर्भरको हाम्रो सपना सपना मात्र सावित हुन सक्छ ।” सांसद जिसीले भन्नु भयो– “त्यस तर्फ सरकारको तत्काल ध्यान जानुपर्ने आवश्यकता छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *