देशमा चलेको प्रतिगमनको खतराविरुद्ध प्रवासबाट खबरदारी

  •   
  •  
  •  
  •  
  •  
  •  

1377 जनाले पढ्नु भयो ।

खिमराज चालिसे,

चंडिगढ । राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजी र प्रतिगमनको खतराविरुद्ध देशब्यापी आयोजना गरेको खबरदारी कार्यक्रमलाई प्रवासी नेपालीहरुले ऐक्यवता प्रकट गरेका छन् ।

‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको विरोध गरौं’ भन्ने मूल नाराका साथ देशमा चलेको आन्दोलनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ऐक्यवद्धता प्रकट गरेको हो ।

समाजले भारतव्यापी शुरु गरेको ऐक्यवद्धता कार्यक्रम अन्तरगत आइतबार हिसारमा उेक्यवद्धता सभा सम्पन्न भएको छ ।

मूल प्रवाह हिसार नगर समितिले आयोजना गरेको सो सभालाई समाजका केन्द्रीय उपाध्यक्ष तथा सूदुरपश्चीमोत्तर क्षेत्रका इन्चार्ज कपिल खनालले सम्बोधन गर्नुभएको थियो ।

त्यसक्रममा खनालले भन्नुभयो, ‘देशमा प्रतिगामी तत्वहरुको चलखेलले देश फेरि गम्भीर दुर्घटनातर्फ जानसक्ने संकेत गरिरहेको छ । गणतन्त्र, राष्ट्रियता एवं धर्मनिरपेक्षेताप्रति पनि लगातार हमला भइरहेको छ । महंगी र भष्टाचारले आकाश छोइरहेको वर्तमान परिस्थितीमा मूल प्रवाहले भारतबाटै सरकार र प्रतिगामी तत्वहरु समेतलाई खबरदारी गर्दै आवश्यक्ता परे अझै उच्च प्रकारको आन्दोलनमा होमिन हामी तैयार छौँ ।’

विरोध कार्यक्रममा क्षेत्रीय सदस्य आत्मराम न्यौपाने, महिला विभागकी निरु सारु, बाबुराम शर्मा, श्याम बिक, चन्द्र गैरे, रामु शर्मा, बिष्णु पोख्रेल लगाएतका वक्ताहरु हुनुहुन्थो ।

नगर अध्यक्ष नन्दबहादुर लम्तरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव तारा सोमारे तथा स्वागत बिष्णु गौतमले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *