देशमा प्रतिगमनको खतरा

73 जनाले पढ्नु भयो ।

सुरेशकुमार पाण्डे

हिंजोकै कुरा हो, हामीले निरन्तर रुपमा देशमा जनताले रगतबाट साटेर ल्याएको गणतन्त्रिक ब्यबस्थालाई संस्थागत गर्न जोड दिन्थ्यौं । आज हामीले फेरी राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षाको कुरा गर्नु पर्ने वाध्यता छ । ताजुबको कुरा हो देशको यो कस्तो बिडम्बना हो ?

जुन निरुंकुश शाशन ब्यबस्थालाई फ्याक्न जनतालाई तिन दशक लाग्यो, त्यती मात्रै कहाँ होर, राणा र राजलाई फ्याक्न २५०बर्ष जति लाग्यो । जुन संबिधान निर्माण गर्न साडे ६ दशक लाग्यो । देशमा आजको ब्यबस्था ल्याउँन हजारौँ युवाहरुले बलिदानी दिए । त्यहि ब्यबस्था आज खतरामा परेको छ ।

राजतन्त्र ल्याउँने माग मात्रै होईन, अहिले सोह्रवटा दलहरु समेतले राजतन्त्रको माग गरेका छन् । बत्तिस बर्षसम्म जनताको छातिमा परेड खेल्ने त्यो तानाशाही ब्यबस्था ल्याउँने माग जनताको हुनै सक्दैन ।

राजावादीहरुले स–साना गुट र उपगुटहरु बनाएर षडयन्त्रमुलक रुपबाट राजालाई ल्याउँने दुष्प्रयास गरेका छन् । यसलाई मलजल कतै आफुलाई कम्युनिष्ट भन्ने गैर कम्युनिष्ट ओली र प्रचण्डको गुटले त दिएको छैन ? शंका लाग्नु स्वाभाविक नै हो ।

देशमा आएको गणतन्त्र र धर्म निरपेक्षता माथि निरन्तर राजावादी र कथित हिन्दुवादीहरुको आक्रमण हुँदै आएको र त्यसलाई ठूलो सहयोग बिश्व हिन्दु परिषद र छिमेकी सरकारले समेत अघोषितरुपमा सहयोग गर्दै आएकोले आज नेपालको कैयौँ ठाउँहरुमा “राजा आउ देश बचाउ” जस्ता नारा उठाइएका छन् । यो हिम्मत उनीहरुसँग कहाँबाट आयो, हिंजो लुक्दै हिँड्नेहरुसँग ?

हाम्रो देशमा राजाले देश बचाएको होईन । नराजाले देश बचाउँने छ बरु राजाले देशलाई कंगाल गरायो । अर्ध उपनिबेसिक गरायो । देशमा दुई सय बर्षसम्म राणा र राजाहरुको हाली मोहाली थियो । त्यो बेला देशलाई आत्मनिर्भर गराउँनुको सट्टा देशको अर्थ ब्यबस्थालाई खतम पारेर बिदेशी मण्डि बनाउँनमा राजाहरुले कुनै कसर छाडेनन् । अहिले राजा ठिक भएर देशमा राजतन्त्रको माग भएको होईन । बरु बहुदल पछि आएका सरकार गैरजिम्मेदार, राष्ट्रघाती जनघाति भएर राजतन्त्रको माग गर्नेहरुको मुखमा ट्वाल्ल परेर हेरेकाछन् तर यो जनताको मोनतालाई देखेर राजावादीहरु भ्रममा नपरुन बरु समय छँदै होस्मा आउँन । राजालाई कैयौँ पल्ट घुँडा टेकाउँने जनता यिनै हुन् भन्ने कुरा राजाबादीहरुले बिर्शनु हुँदैन ।

अहिले जनताको माग देशमा ल्याईएको संघीयतालाई जरैबाट ओखल्ने राष्ट्रियता धर्म निरपेक्षता, गणतन्त्रको रक्षा गर्ने हो र त्यहि बाटो जनताले छोपेका छन् । हाम्रो देशलाई प्रतिगामी शक्ति र छिमेकको अतिक्रमणबाट जोगाएर देशबाट संघीयता फ्याँकेर अखण्डताको लागि एउटा मात्रै देशको झण्डा छोपेर अगाडि बढ्नु पर्ने आजको आबस्याकता छ ।

२००७ सालमा जनताले गरेको शंघर्षलाई आफ्नो पोल्टामा पार्न त्रिभुवनले जुन षडयन्त्र गरेर जनताले तजूर्मा गरेको संबिधान देशमा ल्याउँने भरोसा दिलाएर माछो माछो भेगुतो गराएका मात्र होईनन् । आफ्नो छोरालाई राज गद्धिमा बसालेर छाडेका थिए । जसले २०१७ सालमा निरंकुस राजतन्त्रको तरवारले बहुदलिए ब्यबस्था छियाछिया पारेका थिए । राजाहरुले कुन मुख लिएर जनताको दैलोमा जाँदैछन् ? २०३६ सालको कथा लिएर वा २०४६ को वा २०६२÷६३को त्यो जन आन्दोलनको कथा लिएर ? २००७ साल यताको राजाले कुन काम देश र जनताको हितमा गरे त्यो लिएर जनतामा जाउँन । बेरोजगार युवाहरुलाई किराएमा लिएर मोटर साईकल र्याली गर्न त्यति धउ छैन, जति सत्यताको केहि शब्द जनताको घरमा आगनमा ल्याउँन हुँनेछ ।

हो, बहुदल पछि सत्तामा आएका सरकारहरुले पनि जनताको मन जित्न सकेका छैनन् । उनीहरुको आलोपालोको राजनीतिबाट जनता हुक्क भएका पक्कै पनि छन्, तर राजा त्यो बहुदल वा गणतन्त्रको बिक्लप भने हुन सक्दैन ।

देशभित्र २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना कालदेखि देशको नेतृत्व गर्न सहि कम्युनिष्ट पार्टिले नसकेपछि कम्युनिष्टको आबरणभित्र गैर कम्युनिष्टहरुको हाली मुहाली भयो । वास्तबमा देशमा जुन उदेश्यले कम्युनिष्टको गठन भएको थियो “नयाँ जनवादी ब्यबस्था त्यो नआउँदासम्म जनता र देशको अबस्थामा पनि सुधार हुँनेछैन । हाम्रो देशलाई आमूल परिवर्तन चाहिएको छ । सुधार होईन आजभन्दा पहिले देशमा पकड सुधारवादी संसोधनवादी र अवसरवादीहरुको हुँदै आयो । त्यही परिबेशमा हाम्रो देशले काँचुली फेर्न सकिन । देशमा कृर्षि क्रान्तिको खाँचोछ, बिदेशी नीतिमा आमूल परिवर्तनको खाँचो छ । देशको अर्थ व्यबस्था लुलो छ । देशमा रोजगार छैन, युवाहरु देशभित्र बस्न सक्ने बाताबरण छैन ।

भ्रष्टाचार, महंङ्गी बलात्कार र जातिय बिभेद चरम अबस्थामा छ । यि जातिय बिभेद, लैङ्गिक असमानता, भ्रष्टाचार आदी सबैको समस्या हल नयाँ जनवादी क्रान्ति, समाजवाद र साम्यवादी ब्यबस्थाले गर्न सक्छन् । कुनै राजनीतिक पार्टी वा प्रतिगामिहरुले होईन । देशमा आमूल परिवर्तनको एउटामात्र बिजन क्रान्तिकारी आन्दोलन हो र हुँनेछ । दुनियाँभरिको उदाहरण हेरौँ जहाँ राजतन्त्र छ त्यो देशको अबस्था र जहाँ जनवादी समाजवादी क्रान्ति भए त्यसपछिको अबस्थालाई गहिरीएर नियालौं र हेरौँ । रुसमा भएको महान समाजवादी क्रान्ति पछिको अबस्था चीनमा भएको नयाँ जनवादी क्रान्ति पछिको अबस्था लगायत भियतनाम आदि देशहरुको अबस्थालाई अध्ययन पछि प्रष्ट हुँनेछ । हाम्रो देशमा कस्तो ब्यबस्थाको आबस्याकता छ ।

आज देशमा केहि षडयन्त्रकारीहरुले कम्युनिष्टलाई बद्नाम गर्न खोजेका छन् । त्यसैको फाईदा राजवादीहरुले उठाउँने प्रयत्न गरे पनि त्यो कहिले पुराहुँने छैन ।
२३ डिसेम्बर २०२०,

Leave a Reply

Your email address will not be published. Required fields are marked *