देशलाई घाँडो भएको संघीयता फालेर त्यसको रकम कोरोना कोषमा राखौं : तारा थापा

शंकरप्रसाद पोख्रेल, गुल्मी ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तारा थापाले देशलाई घाँडो भएको संघीयता अब फाल्नुपर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटमा सम्पन्न भेलालाई सम्बोधन गर्दै राजमो नेत्री थापाले प्रदेश संरचनामा अनावश्यक खर्च भइरहेको रकम कोरोना कोषमा राख्नुपर्ने बताउनुभयो ।

उहाँले अहिले राज्यका संयन्त्रहरु जनताको सेवा गर्न भन्दा भ्रष्टाचारमा लिप्त भएको भन्दै शोषित पीडित जनताहरु अब भ्रष्टाचारको विरुद्ध जुरमुराउनु पर्ने बेला आएको बताउनुभयो ।

कालिगण्डकी गाउँपालिकाको उपाध्यक्ष समेत रहेकी नेत्री थापाले राष्ट्र, राष्ट्रिययता र जनताको पक्षमा बोल्ने एक मात्र पार्टी राष्ट्रिय जनमोर्चा मात्रै भएकोले आम जनतालाई राष्ट्रिय जनमोर्चाको झन्डामुनी गोलबन्द हुन आग्रह पनि गर्नुभयो ।

भेलाले सूर्यबहादुर क्षेत्रीको अध्यक्षतमा २५ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा जितबहादुर दर्लामी, सचिव मेघनाथ शर्मा र कोषाध्यक्षमा प्रेमकली दर्लामी थापा चयन हुनुभएको छ ।

सदस्यहरुमा बिरेन्द्र श्रीस, शेरबहादुर राना, इन्द्रबहादुर बुढा, असोक पुन, पदम बिक, सानू थापा, विकास थापा तथा वैकल्पिक सदस्यमा पवन थापा, पोमबहादुर थापा, हरि राना, चन्द्र क्षेत्री, राधा क्षेत्री हनुभएको छ ।

यसैगरी भेलाले श्याम थापा, मित्रलाल शर्मा, धनप्रसाद शर्मा, खिलबहादुर बुढा, नरबहादुर थापा, चम्फी दर्लामी, दिल कुमारी सिंजाली, सूर्य श्रेष्ठ र पिताम्बर लुइँटेललाई सल्लाहकार चयन गरेको छ ।

विरेन्द्र श्रीसको अध्यक्षतमा अगाडि बढेको भेलाको सञ्चालन सूर्य क्षेत्री र स्वागत पदमबहादुर बिकले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला सदस्य पुरनबहादुर थापा र राजमो कालीगण्डकी गाउँ समितिका अध्यक्ष गंगा केसीले समेत सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार