देश मरुभूमि नबनाउ

  •   
  •  
  •  
  •  
  •  
  •  

270 जनाले पढ्नु भयो ।

रबि पौडेल,
खुट्टा काटेर टाउकाले हिड्छ सरकार
ढुङ्गा, गिट्टी र बालुवा बेचेर ऋण तिर्छ सरकार
एउटा हात, एउटा खुट्टा र एउटा आँखा
बेच्दैछ बेइमान सरकार

लक्ष्य र उपलक्ष्य समृद्धिका
आधारहरु खोज्ने हो भने
बहुमुल्य खानी खोज ।
जलश्रोतको धनी देश
हाईड्रो पावर र टुरिजम
खोल,
जंगल मासेर, पहाड मासेर
बाताबरण किन बिगार्छाै ?
गाउँ बस्ति डुवान पारि
किन सताउँछौ ?
प्राकृतिक सम्पदा मासेर
कस्तो देश बनाउँदै छौ ?
बर्खा लाग्दा गाउँ नै डुवाउँछ ।
टोल बगाउँछ, खेति डुवाउँछ
प्रकृतिको दोहन गरि
देश मरुभूमि नबनाउ सरकार ।
प्राकृतिक सम्पदा बन, नदिनाला
खोल्सा पनि बेच्न थालेउ
अक्सिजन खोज्न कहाँ जाने ?
जल जमिन, पहाड, आकाश र अन्तरिक्ष पनि
बेच्न र दोहन गर्न थाले शाशकहरु
धुलो उडाउ, प्रदुषण फैलाउ
जनताका आँखा अगाडि
जनतालाई आँशु बगाउने बनायौं ।
तिम्रो स्वार्थसँग
गिट्टी, बालुवा, माटो र ढुङ्गा
गाँसिएको छ
हामी निमुखा जनता मरेर पनि
बाँचिएको छ ।
देश कङगाल बनायौ
देश मरुभूमि बनाउँदै छौ
सरकार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *