दोस्रो विश्व किसान सम्मेलन बंगलादेशमा

काठमाडौं । विश्वभरिका किसान सङ्घ/सङ्गठनहरूको दोस्रो विश्व सम्मेलन २०२० फेबु्रअरीको पहिलो हप्ता (माघको चौथो हप्ता) बङ्गलादेशमा हुने भएको छ ।

पहिलो विश्व किसान सम्मेलन २०७३ को जेष्ठमा काठमाडौा नेपालमा भएको थियो । यसको आयोजना अखिल नेपाल किसान सङ्घ (हाल अखिल नेपाल किसान महासङ्घ) ले गरेको थियो । चार वटा राष्ट्रले सहभागी भएको उक्त सम्मेलनमा १२ राष्ट्रले ऐक्यबद्धता जनाएका थिए ।
दोस्रो विश्व किसान सम्मेलन बङ्गलादेशको किसान सङ्गठनले आयोजना गर्ने भएको छ । साम्राज्यवादको नव उपनिवेशवादी नीतिका विरुद्ध भएको विश्वव्यापी किसान आन्दोलनलाई अरू सङ्गठित र व्यापक रूप दिन यस प्रकारका विश्व सम्मेलनहरू हुने गरेका छन् ।

बङ्गलादेशमा सम्पन्न हुने उक्त दोस्रो सम्मेलनको आवश्यक तयारीका लागि कोअर्डिनेटिङ कमिटीको बैठक भारतको कलकत्तामा हुादै छ । कोअर्डिनेटिङ कमिटीको कोअर्डिनेटर नेपाल रहेका कारण उक्त बैठकको अध्यक्षता नेपालले गर्ने भएको छ । दोस्रो विश्व किसान सम्मेलनमा पहिले ऐक्यबद्धता जनाइसकेका राष्ट्रहरू समेत सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार