धनगढिमा अनिश्चितकालीन धर्ना प्रर्दशन

धनगढ़ी, जेष्ठ २४ । रुकुम जिल्लाको चौरहजारी नगरपालिका ८ सेतीमा गत जेठ १० गते नवराज विक लगायत ६ जना युवाहरुको ज्यान जानेगरि भयको अमानवीय, क्रुर, विभत्य र पासविक हत्याकांडको विरोधमा संयुक्त दलील संघर्ष समितिको तर्फबाट जातिय समता समाज कैलालीको आयोजनामा कैलाली जिल्लाको धनगढिमा अनिश्चितकालीन धर्ना प्रर्दशन कार्यक्रम राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टको प्रमुख अथित्यतामा तथा सम्युक्त दलित आन्दोलन संघर्ष समितिका सदस्यहरु, विभिन्न राजनैतिक दलका नेताहरु, मानवधिकारकर्मीहरु, समाजसेवी, वुद्धीजीवी तथा संचारकर्मीहरुको उपस्थितिमा गरिएको छ ।

किसन विकको सञ्चालन तथा जातिय समता समाज जिल्ला कोषाध्यक्ष विक्रम विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न अतिथिहरुको आशन ग्रहण पछि एक मिनटको मौन धारण पश्चात नेपाली दलीत संघका प्रेम विकले स्वागत गर्नुभयको कार्यक्रममा प्रमुख अतिथिको आशनवाट राष्ट्रीय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले उक्त वर्वर हत्याकांड को तिव्र शव्दमा विरोध गर्दै पिडितले यथासिघ्र न्यायपाउनु पर्ने कुरामा जोड दिनुभयको थियो ।

अन्य वक्ताहरुमा राष्ट्रीय जनमोर्चा केन्द्रीय सदस्य नन्दराज भट्ट र लोकेंद्र लम्साल, नेपाली कांग्रेस जील्ला सदस्य केशव मिश्र, नृप बहादुर सुनार, नेकपाका गोविन्दराज विक अनेरास्ववियुका गोकुल विश्वकर्मा, जातिय समता समाज केन्द्रीय महासचिव गोविन्द विक, अखिल नेपाल महिला संघकि मिना सोव, मुक्ती समाज नेपाल केन्द्रीय अध्यक्ष चक्रबहादुर विक, नेपाल दलील संघ जिलाध्यक्ष प्रेम बहादुर विक, दलील मुक्ती मोर्चा जि.का.स. देव बहादुर विक, जातिय समता समाज कञ्चनपुर अध्यक्ष चक्र रैकाल, अखिल नेपाल ट्रेडयुनियन महासंघ प्रदेश सचिव मुकेश रैका, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्द, अखिल नेपाल युवक संघ केन्द्रीय सचिव प्रसान्त थापा, नेकपाका पुर्व केन्द्रीय सल्लाहकार वसन्त वागचन, राष्ट्रीय जनमोर्चा जिल्ला सदस्य अंजना मास्के, नेकपा नगर सचिवालय सदस्य राजेन्द्र रम्तेल, नेपाली कांग्रेसका प्रबक्ता दिल्लीराज पन्त र नेकपाकी प्रदेश सांसद शान्ती नेपाली मानवधिकार कर्मी विनोद कडारा लगायतले सम्वोधन गर्दै अनिश्चितकालीन धर्ना प्रर्दशन गरिरहनु भयको समाचार धनगढिबाट मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार