धनराज परियारप्रति संयुक्त रुपमा हार्दिक श्रद्धान्जली

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला केन्द्रीय विभाग की सदस्य, दक्षिण भारत क्षेत्रीय सदस्य एवं जनवादी कलाकार भारती परिवारको पति धनराज परियारको दुःखद निधनप्रति समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, महिला केन्द्रीय विभागकी संयोजक फूलविना पौडेल, दक्षिण भारत क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याल र सचिव जनक पौडेलले संयुक्त रुपमा एक शोक विज्ञप्ती जारि गरि मृतक धनराज परियारप्रति भावविनी श्रद्धांजलि तथा शोक संतप्त परिवारजनप्रति हार्दिक समबेदना प्रकट गर्नुभएको छ ।

शोक विज्ञप्तीमा भनिएको छः

“हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत केन्द्रीय महिला विभागकी सदस्य भारती परियारको श्रीमान धनराज परियारको निधनप्रति गहिरो दुःख प्रकट गर्नुका साथै भावविनी श्रद्धान्जली र शोक संतप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

धनराज परियार भिमदत्त नगरपालिका वाड नं ५ मधुबन निवासी हुनुहुन्थ्यो । वहाँहरु हाल भूवनेस्स्वरी नगर, बेंगलोरमा कार्यरत एवं स–परिवार बेंगलोरमा रहँदै आउनु भएको थियो । मूल प्रवाह बेंगलोर उत्तर नगर समिति अन्तर्गतका सदस्य समेत रहनुभएका धनराज परियारको दुःखद निधनले संगठनलाई नोक्सान पुगेको महशुस गरेका छौं । ”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार