नई दिल्ली–ओखलामा MCC विरुद्ध सभा सम्पन्न

कन्या गुरुङ,

नई दिल्ली, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पक्षिमोत्तर क्षेत्रीय समिति अन्तर्गत नई दिल्ली नगर समिति र ओखला नगर समितिको संयुक्त आयोजनामा एमसिसि विरुद्ध सांकेतिक रुपमा विरोध सभा सम्पन्न भएको छ ।

कार्यक्रमको पहल सिंह परियारको अध्यक्षता र कन्या गुरुङ सञ्चालनबाट अगाडि बढेको थियो । कार्यक्रममा केन्द्रीय बैकल्पिक सदस्य शिव केसी., क्षेत्रीय कोषाध्यक्ष तिलक पाण्डे र क्षेत्रीय महिला बिभागकि सिता केसी.ले आतित्थ्यता गरेको थियो । कार्यक्रममा सहभागिहरुलाई बिष्णु खनालले स्वागत गर्नुभएको थियो ।

केन्द्रीय बैकल्पिक सदस्य शिव केसी र क्षेत्रीय कोषाध्यक्ष तिलक पाण्डेले एमसिसि नेपाल र नेपालीको पक्षमा नभई साम्राज्यवादले आफ्नो सैन्य अखडा बनाउने षडयन्त्र भएको बताउनु भएको थियो । नेपालमा एमसिसि संझौता खारेज गर्नु पर्ने र त्यसका लागि हुने आन्दोलनमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका देशभक्त शक्तिहरु एकजुट हुन समेत वक्ताहरुले आव्हान गर्नुभएको थियो ।

कार्यक्रमाबारेमा ओखलाबाट केशब मर्साङी र नई दिल्लीबाट आर बि रायले पनि मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार