नयाँ वर्षको शुभकामना मुक्तक

सुरेशकुमार पाण्डे

बर्षहरु त जन्मे दिखुन कयौँ आए र अस्ताए,
कसैले मिठो कसैले तितो गुन लाएर अस्ताए ।
खै त न हाम्रो देशको भलो भयो न जनताको,
हेर्दाहेर्दै कयौँ जन्मे कयौंलाई उठाएर अस्ताए ।

स्वागतछ नव बर्ष आउ सबैको हितमा रमाउनु,
राष्ट्रियता र जनतन्त्रको पक्षका गीतमा रमाउनु ।
संसारमा हामीलाई बहादुरीको उपमा मिल्यो,
त्यसैले सदैभरी वीर नेपालीको जीतमा रमाउनु ।

देश दुनिया मा कोरोनाको कहर भित्र आयौं,
नव बर्ष बनेर हाम्रो गाउँ र सहर भित्र आयौं ।
स्वागत गर्नै पर्छ हामीले त हाम्रो पाउँनलाई,
तिम्रो साेंच जस्तै होला मित्र ठहर भित्र आयौँ ।

हिमाली काखमा बि.स.बनेर आयौ स्वागत छ,
हाम्रो शन्तानसँग नि मितेरी लगायौ स्वागत छ ।
देश र जनताको हितेशी बनेर जानु अठहत्तरी,
तिमिले पुरानो बर्ष सतहत्तर पठायौ स्वागत छ ।
३०–०३–२०२१,

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार