नयाँ संसार नयाँ व्यवस्था धर्तीमा जन्माउनु छ

जुना चालिसे, चंडिगढ

आतुर हुन्छ समाज पेटमै छोरा–छोरी चिन्न ।
पुरुष प्रधान समाज यो सारै गाह्रो छ भिड्न ।।
हजार सवाल उठाएर वाच्न वाध्य छ नारी ।
क्रान्ती ज्वाला दन्काउ अब न परौ पछाडि ।।

हजारौ गल्ती गर्ने पुरुष हिडने ढुक्क वनी ।
यो समाजमा परिवर्तन ल्याउन सक्छौ हामी ।।
चुलो चौको गर्ने हातहरूले कापीकलम छोप्छन् ।
यो समाजको चलनचल्ती नारीले नै फेर्छन् ।

डरत्रास धम्कीले वल्झेको नारीको जीवन ।
स्वतन्त्रताको खुल्ला आकाशमुनि वाच्ने जीवन ।
नारी पुरुष वरावर भन्दै गरिरहने त्यी भाषण ।
भित्रभित्रै शोषण दमनमा बाँचेको हाम्रो आभास ।।

परिवर्तनको आधिवेहोरीमा मिल्काउनु छ ।
नयाँ संसार नयाँ व्यवस्था धर्तीमा जन्माउनु छ ।।
सासफेर्ने लास होइन स्वणिम संसार देखाउनुछ ।
परिवर्तनका आकुरा यहिबाट हामीले रोप्नुछ ।।

भ्यागुतलाई झै मिल्काउने यो समाजलाई फेरौ ।
स्वतन्त्र आकाशको पंक्षी सरी यो संसार हेरौ ।।
छोरी भनि नाकै चिम्राउनेको मुखै वन्द गर्नुछ ।
पिछडिएका महिलाहरुको लागि हामी लडनुछ ।।

क्लाराजेटकिनको पथमा हामी सधै हिडनु छ ।
रोजालक्ष्मवर्गको जस्तै साहास देखाउनुछ ।‌।
पोथी वास्यो भन्ने यो संरचना नै ध्वस्त पार्नुछ ।
नारी अधिकारका स्तम्भहरु सुदृढ़ पार्नुछ ।।

सम्पतीमा हक र समान अधिकार चाहिन्छ ।
पुरुषको वरावर समाजमा सम्मान चाहिन्छ ।।
समाज परिवर्तनको ज्वाला बनि अगि बढनुछ ।
हर लुकेका आवाजलाई जुर्मुराइ उठाउनु छ ।।

हेपिएका वस्ती जगाउँदै अगाडि वढाउने छौं ।
दविएका आवाज संगठित गर्दै हुँकार भर्नेछौं ।।
नारीकै आवाज संखनाद गर्दै समाज फेर्नेछौं ।
क्रान्तिज्वालामा नारी विभेद सवै ध्वस्त पार्ने छौ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार