नागपुरमा MCC विरुद्धको सभा सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

231 जनाले पढ्नु भयो ।

नागपुर, ७ सितम्बर । सम्झौताको खारेजीको मागलाई लिएर राष्ट्रिय जनमोर्चाले आयोजना गरेको देशब्यापी रुपको बिरोध सभाको कार्यक्रमप्रति पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न समितिहरुले पनि एक्यवद्धता जनाउँदै कार्यक्रम सम्पन्न गरेका छन् ।

नेपालमा लागु गराउनको लागि विभिन्न प्रतिक्रियावादी र साम्राज्यवादि शक्तिहरु लागि परिरहेका छन्, किन भने साम्राज्यवादी शक्ति मुख्यत अमेरिकी साम्राज्यवाद नेपालको विकास गर्ने नाममा नेपालको सार्वभौमसत्ता माथी हस्तक्षेप गरेर नेपालको अस्तित्व मेटाउने र आफ्नो प्रभुत्व कायम गर्ने रणनीतिक उद्देश्यले ल्याइएको सम्झौता कुनै पनि हालतमा खारेज गराएर छाड्नु पर्ने आबश्यक्ता छ ।

उक्त बिसयमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने नागपुर नगर समितिले पनि बिरोध कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । ईश्वर पुनको अध्यक्षता, मंगल पुनको सञ्चालन र मिना पुनले स्वागत गरेको कार्यक्रममा क्षेत्रीय उपाध्यक्ष रुपलाल जिएमले सम्बोधन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *