नागरिकता अध्यादेश र राष्ट्रियतासँग जोडिएको सवाल

जीवन पराजुली

राजनीति एउटा विचारको लडाइ हो । यसले हजारौं लाखौं मानिसहरुलाई एउटै विचारभित्र गोलबन्द गरेर आफ्ना कार्यक्रमहरु अगाडि बडाइरहेको हुन्छ । हरेक राजनैतिक पार्टीहरुका सबै एउटै विचारहरु हुदैनन् । उनीहरुका आ–आफ्ना छुट्टाछुट्टै विचारहरु रहेका हुन्छन् । यध्यपी यो छुट्टै बिषय हो कि कुन पार्टीले लिएको विचार ठिक र कुन पार्टीले लिएको विचार गलत ? त्यस बारेमा चर्चा गर्नुभन्दा पनि मैले यहाँ केवल हालै राष्ट्रपतिद्धारा जारी गरिएको “नागरिकता संशोधन अध्यादेश” र हाम्रो देशको राष्ट्रियतासँग जोडिएका केहि बिषयहरुमा संवन्धित रहेर आफ्ना विचारहरु राख्ने प्रयत्न गर्नेछु ।

आज हामी चाहे जुनसुकै पार्टीमा रहेका छौं वा जुनसुकै पार्टी र संगठनको विचार भित्र गोलबन्द भएका छौं त्यो आफ्नो  स्वतंन्त्र विचार हो । तर जब हाम्रो देश र देशको राष्ट्रियताको सवाल आउँछ त्यतिबेला यो कुरा हामीले कहिल्यै भुल्नु हुँदैन कि हामी सबै नेपाली हौं र हाम्रो देश नेपाल हो ।

हाम्रो देश नेपालको इतिहास हेर्दा हाम्रा पुर्खाहरुले भोकभोकै लडेर आफ्नो प्राणको आहुति दिएर यो देशको अस्तित्व कसरी जोगाएका थिए ? यि बिषहरु हामी सबैलाई अबगत भएकै कुरा हो, तर हेरौं त आज कति बिडम्बना छ ! आज हाम्रो देशको राष्ट्रियता र सार्वभौमिकता माथि जुन प्रकारको संकट देखापरिरहेको छ आखिर यसको जिम्मेवार को हो ? आजका हामी सम्पुर्ण नेपालीहरुले सोंच्नै पर्ने बेला आएको छ ।

बारम्बार हाम्रो राष्ट्रियता किन यति कमजोर हुने गरेको छ ? यो बिषयमा हामीले सोचेनौं भने निश्चित रुपमा भोलि हामीले हाम्रो देशको अस्तित्व गुमाउनु पर्ने छ । फिजि र सिक्किम जस्ता देशहरुका उदाहरणहरु हामीले देखिसकेका छौं । नेपालमा बिगत लामो समयदेखि हाम्रा शासकहरुले देशको राष्ट्रियता र सार्वभौमिकतासँग सौदाबाजी गरेर आफ्नो सत्ता टिकाउने गरेको लामै इतिहास रहेको छ चाहे राणहरु हुन् चाहे हिजोका राजा र पंचेहरु हुन् चाहेआजक शासकहरु किन नहुन् यिनिहरुले देशको राष्ट्रियता र सार्वभौमिकताको बारेमा कहिल्यै पनि सोंचेको जस्तो लाग्दैन । त्यसैको निरन्तरता हो हाल राष्ट्रपतिद्वारा ल्याइएको नागरिकता संवन्धि अध्यादेश । त्यो अध्यादेश भित्र गम्भिर बिषयहरु रहेकाछन्  जसले केही समयभित्र बास्तविक नेपालीहरु अल्पमतमा पार्ने निस्चित छ ।

जुन अध्यादेश लामो समयसम्म संसदमा विचाराधिन रहेको थियो, त्यो अध्यादेश यस्तो बेलामा यति हतार गरेर किन ल्याइनु पर्यो ? यसको आवश्यकता के थियो ? स्पष्ट छ यो अध्यादेश नेपालीहरुलाई नागरिकता दिन आवश्यक परेर ल्याइयेको होइन यो त आफ्नो सत्ता र कुर्ची जोगाउन लागि र कसैलाई खुसि पार्नको लागि ल्याइएको अध्यादेश हो । यदि संसद भएको बेलामा यसलाई ल्याउँदा पारित गराउन सकिदैन ब्यापक बिरोध हुने भएको हुनाले संसदको हत्या गरेर यो अध्यादेश ल्याइएको हो ।

नागरिकता जस्तो बिषयलाई यति हल्का र फितलो बनाउने ? आखिर हामीले कसको सेबा गर्न खोजिरहेका छौं ? कसलाई खुसि पार्नको लागि ल्याइयो यो अध्यादेश ? अरुको स्वार्थको लागि हामीले हाम्रो देशलाई फिजि र सिक्किम बन्न दिने ? धिक्कार छ । नागरिकता नेपालीहरुले पाउनुपर्छ कुनै पनि नेपालीहरु नागरिकताबाट बंचित हुनुहुदैन तर सर्वप्रथम वास्तविक नेपाली को हो ? उनीहरुको पहिचान गर्न जरुरी छ ।

नागरिकता सम्बन्धि दुनियाँका विभिन्न मुलुकहरुमा छुट्टाछुट्टै प्रकारका प्रावधानहरु रहेका हुनसक्छ । हरेक मुलुकले आफ्नो देशको अवस्थालाइ विचार गरेर नै त्यहाँ त्यस सम्बन्धि ऐन नियमहरु बनाएको हुन्छ । यो जरुरी छैन् कि हामीले पनि सोही बिधि अपनाउँनै पर्छ भन्ने । हामीले हाम्रो देशको लागि कुन खालको व्यवस्था उपयुक्त हुन्छ त्यही प्रकारकारका नियम कानुन बनाउनुपर्छ नकि अरु देशको नियम कस्तो छ भनेर होइन । हाम्रो जस्तो देश जहाँ दुइ बिशाल छिमेकीहरु उत्तरतर्फ चीन र दक्षिणतर्फ भारत यि बिशाल जनसंख्या रहेका देशहरु बीच हामी छौं । खासगरि दक्षिण तिर हाम्रो बिशाल छिमेकि भारत रहेको छ । जहाँ तिनतिरबाट हाम्रो सिमानाहरु जोडिएकाछन् । खुला सिमानाहरु भएको हुँदा जो कोइ पनि कुनै पनि समयमा आवत जावत गर्न बसोवास गर्ने सक्ने आदि कैयौं सुबिधाहरु रहेकाछन् । यहाँ “जन्मको आधारमा नागरिकता दिने” बसोबास गरेकै आधारमा नागरिकता दिने प्रावधान छ, यो हाम्रो देशको राष्ट्रियताको लागि कति घातक रहेको छ ? जन्मको आधारमा नागरिकता पाउन सक्ने प्रावधान संविधानमा भएपछि यसको परिणाम के हुन्छ ? हामी जो कसैले पनि सजिलैसँग आंकलन गर्न सकिने विषय हो ।

छिमेकिसँग हाम्रो सिमा खुला छ, कैलाई सिमा पारि बेथा लाग्यो भने नेपालका सिमा नजिक रहेका अस्पतालहरुमा आएरै भारतीय चेलिहरुले सजिलैसँग आफ्ना सन्तानहरुलाई जन्म दिन सक्नेछन् यो संख्या केहि बर्ष मै अत्याधिक बृद्धि भएर जानेछ एसरि जन्मको आधारमा नागरिकता पाउनेहरुको संख्या केहि समयमै तिब्र भएर जाने छ । यो गंम्बिर बिषय छ । त्यस्तै बसोबासको आधारमा नागरिकता दिने प्रचलन यो पनि हाम्रो देशकोलागि कति घातक छ ? जो लाखौंलाख भारतीय नागरिकहरु नेपालमा बसोबास गर्ने गरेकाछन् त्यति मात्रै नभएर हाम्रो तराइ क्षेत्रमा रहेका नेपाली समुदायहरुसँगको गहिरो सम्बन्ध छ । चेलिबेटी आदान प्रदान प्रायजसोका बिवाह भारततिर नै हुनेगरेको छ ।

यस्तो गम्भिर परिस्थितिमा जन्मको आधारमा नागरिकता र बसोबासको आधारमा नागरिकता दिने प्रावधान अत्यन्त्तै घातक देखिन्छ । यस प्रकारका प्राबधानहरु हामीले हटाएनौं भने देश केही बर्षभित्र फिजिकरण वा सिक्किमिकरण हुने कुरामा कुनै संका छैन । आखिर बसोबासकै आधारमा नागरिकता नै किन दिनपर्यो ? यसका अन्य कुनै उपाएहरु राज्यले अपनाउन पनि सक्छ नि जस्तै कुनै आवासीय पत्रहरु राज्यले वितरण गर्न सक्छ । जस्तै भारतमा आधार कार्डको ब्यवस्था रहेको छ । जसको माध्यमबाट बैक अकाउन्ट, स्कुल भर्ना, बिजुलि, पानी, ड्राइबिङ लाइसेन आदि जस्ता कैंयौं कामकाजको लागि उपयोग गरेको देखिन्छ छ । तर हाम्रो देशमा यि सबै कामका लागि नागरिकता प्रमाण पत्र उपयोगमा ल्याइएको छ । नागरिकता पाउनका लागि त्यो देशमा जन्मे हुर्केको आधार मात्र प्रसस्त छैन । त्यो देशमा जन्मेका सन्ताका पुर्खाले त्यो देशको लागि कुनै न कुनै योगदान, वलिदान दिएको हुनु पर्दछ । जसका सन्तानले मात्रै जन्मको आधारमा नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरिने नेपालको संविधानमा व्यवस्था रहेको छ । यस्तो बिषयलाई हामीले वर्तमान ओली सरकारले अध्यादेश मार्फत नागरिकता संशोधन विधेयक ल्याएर देशको नागरिकता सम्बन्धिको नीतिलाई फितलो बनाएको छ । नागरिकता सम्वन्धि जति पनि यसप्रकारका खुकुला प्रावधानहरु रहेका छन् । यि सबै खारेज गरिनुपर्छ । यो अध्यादेशको बिरुद्धमा सम्पुर्णन देशभक्त नेपालीहरु एकजुट भएर संघर्ष गर्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार