नाडियाडको पेतलादमा मूल प्रवाहको एरिया समिति गठन

नाडियाड, २३ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नडियाड नगर समिति अन्तरगत पेतलाद एरियास्थित श्रमजिवी नेपालीहरु बिच केन्द्रिय सदस्य गोविन्द बहादुर थापा र भिमसिंह बिष्टको विशेष उपस्थितिमा एरिया भेला सम्पन्न गरिएको छ ।

गणेश कार्कीको सञ्चालन, प्रकाश बहादुर विकको अध्यक्षता र भरत बहादुर विकको स्वागत मन्तव्यबाट अगाडि बढेको सो भेलामा सहभागिहरु बीच केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले भारत प्रवासमा एकता समाजको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

२३ जुलाई २०२१ का दिन सम्पन्न सो भेलाले प्रकाश बहादुर विकको अध्यक्षतामा ११ पूर्ण, ३ वैकिल्पक र ३ सल्लाहकार गरि १७ सदस्यीय पेतलाद एरिया समिति चयन गरिएको छ । जसमा : उपाध्यक्ष– भरत बहादुर विक, सचिव– गणेश कार्की, सहसचिव– करन महतरा र कोषाध्यक्ष– टिकाराम विष्ट रहनुभएको छ । त्यस्तै सदस्यमाः बल बहादुर विक, हरिश खड्का, गणेश खड्का, प्रकाश विष्ट, बम बहादुर विष्ट, मानस विष्ट, वैकल्पिक सदस्यमा ः टिकाराम विक र दुई स्थान रिक्त, त्यस्तै सल्लाहकारमा सुरेश विष्ट, जगत विष्ट र हुकुम थापा रहनुभएको छ । नयाँ समितिलाई केन्द्रीय सदस्य भिमसिंह विष्टले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार