नाम सुब्बेनी के खाएर उब्भिनी ?

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

12255 जनाले पढ्नु भयो ।

नारायण जिसी/बुटवल, असाेज ११गते ।

काेभिड-१९ मा प्रदेशका महिला माननीयहरूकाे भूमिका बिषयक भर्चुअल कार्यक्रममा राजमाे प्रदेश सांसद तारा जिसीले यति गम्भीर माहामारी नियन्त्रणमा पनि हामी महिला माननीयहरूकाे भूमिका शुन्य रहेकाे बताउनुभयो । प्रारम्भमा केहि भूमिका काे सुरूवात भए पनि त्यसको कार्न्वयनकाे पाटाे फितलाे र प्रभावकारी नभएको ले भूमिका शून्य भएको हाे।

हाम्रो पार्टी राजमाेले संघियता र प्रदेशको अाैचित्यता नै नभएको कुरा बारम्बार उठाउदै अाउनु कति अर्थपूर्ण र बास्तबिकता शीत जाेडिएकाे छ भन्ने तथ्य माहामारी नियन्त्रणमा पनि प्रदेशको भूमिकाले स्पष्ट गरेकाेछ।

स्थानीय सरकारकाे महामारी नियन्त्रणमा भूमिका केही सकारात्मक छ तर जति हुनुपर्ने हाे त्यति प्रभावकारी छैन,प्रदेश सरकारलाई हामीले बारम्बार अाशा गरे अनुरूप काम भएन अझै भूमिका बढाउन सदनमै माग गर्दा जिम्मेवार नेतृत्व ले नै सबैभन्दा बढी गरेकाछाै भनेर जबाव मिल्छ,स्थानीय तहका प्रमुखलाई अाएका समस्या समाधान गर्न अनुराेध गर्छौ,माथि बाट रकम ब्यवस्था गर्न माग गर्दछन्,जनताकाे जीवन जाेखिम मा छ। पालिका स्तरमा प्रयाप्त अाईसुलेशनकाे अभावले पिसीअार पाेजेटिभहरू समेत हाेम अाईसुलेशन बस्न बाध्य भएका तथ्यछन्।हामी अाफ्नाे स्तरमा जनतामा सचेतना काे प्रयास गरिरहेका छाै।सार्वजनिक यातायात समेतमा सरकारकाे मापदण्ड खुला उलंघन भएको पाईन्छ त्यसलाई हामी ले राेक्न सक्दैनौं,अनुगमन नियन्त्रण सरकारकाे कामहाे। यसमा पनि सरकारकाे भूमिका शुन्य जस्तै छ।

महामारी नियन्त्रणकाे सम्पूर्ण दायित्व सरकार काे हाे,यही बाहानामा फाइदा उठाउन कालाे बजारी,नाफाखाेरी र महंगी समेत नियन्त्रण गर्न सरकारको भूमिका शुन्य छ।

काेभिड-१९ अन्तर्राष्ट्रिय स्तरको सरूवा राेग भएको र नेपालमा पनि यसले महामारी काे रूप लिने सम्भावना प्रवल रहेको अवस्थामा”नाम सुब्बेनी के खाएर उब्भिनी”काे भूमिकामा रहेका महिला माननीयहरूकाे महत्त्वपूर्ण बिषय उठाएर छलफल काे अवसर प्रदान गर्ने अायाेजक मित्रहरूलाई ह्रदय देखि धन्यवाद प्रकट गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *