नारायण शर्मालाई स्वदेश बिदाई

धर्मराज शर्मा,

कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिका संस्थापक सदस्य तथा पूर्व नगर अध्यक्ष नारायण शर्मालाई एक कार्यक्रम बीच सम्मान सहित स्वदेश बिदाई गरेको छ ।

मनोज जिसीको सञ्चालन तथा क्षेत्रीय सदस्य एवं नगर अध्यक्ष धर्माराज शर्माको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय सदस्य चोबनाथ शर्माको प्रमुख आतित्थ्यता र क्षेत्री समितिका भद्र बहादुर थापा, राष्ट्रिय जनमोर्चा बर्दियाका सदस्य सुमित्रा शर्मा, महिला बिभाग कि खुमादेबि शर्माको अतिथि आसन ग्रहण गर्नुभएको थियो । तत्पश्चात ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनट मौनधारण पछि उस्थित जनसमुदायहरुलाई दिल बहादुर रानाको शब्दबाट स्वागत पछि नगर अध्यक्ष धर्मराज शर्माले अबिर एवं दोसल्ला ओढाएर प्रमुख अतिथिहरुले र नगरका कार्यकर्ताहरुले स्मृति चिन्न प्रदान गरि समानित गरेका थिए ।

बिगत तीन दशक पुर्वको अत्यन्तै असजिलो अबस्थामा संगठन निर्माणका लागि अहोरात्र खटिएर कोट्टयाम नगर समिति गठन गरि सन १९८९ देखि संस्थापक सदस्य रहेर लामो समयसम्म संगठनका नीति निर्देशन र अनुशासनलाई कायम राखि विभिन्न स्थानहरुमा संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । तात्कालिन बामपन्थि युवक मोर्चाको भु .पु नगर अध्यक्ष, प्रवक्ता, क्षेत्रीय सदस्य एवं मूल प्रवाह नगर समितिमा भुतपुर्व अध्यक्ष जस्ता गरिमामय स्थानहरुमा रहि आफ्नो कार्यकाल बहन गर्नुभएको थियो ।

शर्मा हालको जैमिनि नगरपालिका ०७ साबिक चोखेक बाग्लुङ्गमा २०२२ सालमा जन्मिनु भई जैदि सर्कुवाका माध्यमिक बिद्यालयमा अध्यनपूरा गरि २०३६ सालमा जन्मस्थान बाग्लुङ्गदेखे बसाईसराई लिएर बर्दियामा बसाई सराई गर्नुभएको थियो । देशमा गासबासको समस्याले दैनिकि गुजरा चलाउन समस्या पर्दै आएपछि १९९३ देखि केरला राज्यको कोट्टयाम जिल्ला स्थित ईराट्टुपेट्टामा स्थायी जागिर गर्दै आउनु भएको थियो । करिबन तीन दशक भन्दा बढि भारतको कोट्टयाम केरलामा कार्यरत रहि संगठनलाई योगदान पुराउनुभयका शर्मा अब जागिरबाट अबकाश भएपछि स्वदेश बरबर्दिया गुलेरिया नगरपालिका ०८ मा रहनु हुने बताउनु भएको छ ।

बिदाई कार्यक्रममा चोबनाथ शर्मा, भद्र बहादुर थापा, धर्मराज शर्मा, शेर बहादुर बिक, मनोज जिसि, दिल बहादुर राना, टिकाराम सुवेदी, बुद्विमान नेपाली, बालिका देबि शर्मा, सुमित्रा शर्मा, एकराज पौडेल, खुमादेबि शर्मा, दिलमायाँ विक, लिला बहादुर केसी, बिध्यार्थिबाट आलोक म्याक मिलन, पुर्न दाहाल, सरस्वति शर्मा, बालबालिकाबाट प्रतिभा शर्माले शुभकामना मन्तब्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार