निरन्तर छिमेकीको चाहना, हाम्रो कामना हुँदै आयो

  •   
  •  
  •  
  •  
  •  
  •  

863 जनाले पढ्नु भयो ।

आज देश अत्यान्तै जटिल अबस्थामा पुगेको छ । देशलाई यो अबस्थामा पुराउनुमा जिम्मेवार को छ ? यो प्रश्न अत्यन्तै गम्भीर विषय हो । यो बेलामा सबै भन्दा प्रमुख प्रश्न देशलाई यो अबस्थाबाट कसरी पार लगाउँ भन्ने हुनुपर्छ, तर पनि हामीले यो विषयलाई पनि भुल्नु हुँदैन, आफ्नो देशलाई कसरी जोगाएर राख्न सक्किन्छ ? अथवा अहिले आइपरेको जटिल अबस्था समाधान भएपछि फेरी पुनः नदोहरिएला भन्न सकिदैन । यस्ता समस्या न पहिला हुन्, न अन्तिम । त्यसैले आज देश यो अबस्थाका बारेमा गहन अध्ययन गर्नु पर्ने हुन्छ ।

अहिले देशमा उत्पन्न भएको अबस्था जब ९९ डिग्रिमा पुग्यो तब उम्लिन थालेको हो र मात्र देखियो, यो एक्कासी घटेको घटना होइन । बरु बिस्तारै लामो समयसम्म उसले खेलेको भुमिकाको परिणाम सुस्म रुप मात्र हो, अझै भयङ्कर अबस्थामा पुग्न बाँकि नै छ । यो अबस्थामा देशलाई पुराउने देशभित्रका शासक राणा, राजाहरुको भुमिका प्रमुख त छँदैछ, बहुदलीय ब्यबस्था पछि पनि सरकारमा जुनसुकै शक्तिहरु पुगे पनि त्यो पुरानो विरासतलाई निरन्तरता दिन छाड्न सकेको देखिँदैन । देशभित्र कुनै कल कारखाना नखोलेर देशलाई बिकास सुन्य बनाउँने मुख्य देशभित्रका शासक राणा र राजाहरु नै हुन् । देशका युवाशक्तिलाई देश विकाशमा लगाउनुको सट्टा गोर्खा भर्ति केन्द्र खोलेर उनीहरुलाई वलिका बोका बनाएर प्रवासीन वाध्य पारियो ।

कृषिप्रधान हाम्रो देशमा सिँचाईको कुनै ब्यबस्था गरिएन, यद्यापि विश्वमा पानीको दोश्रो धनि देश नेपालमा सिँचाईको ब्यबस्था नभए पछि यहाँका किसानहरुले मुरिछर्दा पाथि फल्न छाड्यो, अनिकाल पर्दै गयो । किसानहरुलाई उत्तपादनको साधन र सिँचाई नमिल्दा, उनीहरु मजदुरमा परिणत भएर उनीहरुलाई देशमा काम नमिल्दा उनीहरुलाई बिदेश जान बाध्य गराईयो । हाम्रा बाउ बाजेले खोरिया फाँडेर वा आफ्नो पौरखले बनाएको बारी खेत पनि आज बञ्जर भयका छन् । सरकारले पानीलाई सदुपयोग गर्ने भन्दै छिमेकीलाई दिँदै आयो, देशमा सिँचाईको ब्यबस्था भएन । यसरी छिमेकिलाई चौतर्फिया फाइदा हुन पुग्यो । एकातिर नेपाल उसको मण्डि बन्यो, आर्को तिर यहाँका होनहार मेहेनति, बलवान, बफादार, इमान्दार, सस्ता मजदुर पायो । छिमेकीले नेपाली वीर युवाहरु प्रशस्तै पायो, आफ्नो देशलाई जोगाउन आफ्नो छातिलाई ढाल बनाउन सक्थे र बनाए पनि ।

काठ, बालुवा, ढुङ्गा, कोईला उत्खनन् गर्ने ठेक्का समेत छिमेकीलाई दिँदै आयो । देशमा काठ किन्न सकिने अवस्था छैन, हामीले बनको रक्षागर्ने घरबाट स्वायंसेवक खटाएर सरकारलाई सहयोग पुराउँछौँ, तर काठ अर्कैले लग्छ । हामीले घरको सँगारसम्म पनि किन्न नसकेपछि फलामको र दरवाजा टिनका हालेर घर बनाउन बाध्यछौँ । तर नेपालको पानी काठ लगायत प्राकृतिक श्रोत छिमेकी देशका शहरहरुमामा जान्छन् ।

उसको नियती बारे शासकहरुले बुझेर पनि बुझ पचाएकाले आज यो देशको दुरगती भएको हो । जो त्यो परमपरालाई हामीले आज पनि छाड्न सकिराखेका छैनौं ।

गोर्खा भर्तिको साथसाथै नेपाल परनिर्भर बन्दै गयो । नेपालमा कुनै पनि उत्पादन भएन सबै थोक भारतबाट आयात गर्न थाल्यो । आफ्नो बिस्तारवादी चरित्रबाट उसले बिस्तारै नेपालको अर्थतन्त्रलाई लुलो बनाउन सफल भयो । देशलाई शान्तिपुर्वक आफ्नो देशभित्रको एउटा प्रान्त बनाउँने उसको सपना हो । छिमेकिको त्यो नियतीबाट बेखबर नेपाली जनाता लाहुरे हुँदै गयौं । कोही फौजमा, कोही पुँजिपतिहरुको चौकिदार गलि, कोठी र फेक्ट्रिहरुमा, कसैले होटेल र कोठिमा भान्से, हेल्पर आदिमा कार्यारत भयौँ । कैयौँ सरकारी र कतिपय ब्यापारी पनि सिमित मात्रामा होलान् ।

भारतको उत्तर प्रदेश बिहार तिरबाट नेपाल प्रवेश गरेकाहरु स–साना दुकान पान, चुरोट, सिद्रा माछा, भेली, बस्त्र, नाई, टेलर मस्टर, अटो रिक्सा चलाक, मिस्त्री, पलमबर, कारपेन्टर, मोटर मैकेनिक आदि काम थालेका छन् । तर देशभित्र त्यहि काम गरेर गुजारा टार्ने आँट नेपालीहरुमा आएन । बिदेशमा अर्काको भाँडा मिस्ने, जुता पालिस गर्ने, भान्से बन्न सक्नेहरुले आफ्नो देशमा स–साना काम गर्न लाज माने । परिणाम आज देशको अधिकांश हिस्सामा छिमेकबाट गएका धेरै मजदुरहरु कार्यारत छन् । ठुला ठेकेदार मण्डिमा थोक बिक्रेता, पलाटिङ्ग गर्नेहरु पनि छन् । तर हाम्रा युवाहरु अरबको खाडीमा, भारतका शहरहरुमा मजदुरी गरेर जीवन यापन गर्दैछन् । जुन काम हामीले गरेका छौँ कुनै कला सिप छैन । सिप हामीसँग नभए पछि हाम्रा शन्ततिलाई कसरी अगाडि बढाउन सक्किन्छ ? हामीले होटेल, कोठिका भान्से, चौकिदार वा फौजमा लडेर मर्ने यस्तो कला सिकेका छौँ जस्को कुनै भविष्यनै छैन ।

राणाहरुको पालामा कामलाई जातिकरण गरेर बाहुन क्षेत्रीलाई कपडा सिलाउन नहुने, कपडा सिलाउँनेलाई दमाई, भाँडा बनाउँने तथा हात हथियार बनाउनेलाई कामी, जुता तथा छालाको काम गर्नेलाई सार्कि आदि यसरी जातिमा वर्गिकरण गरे । जसले गर्दा सबै खाले गरिबहरु नै उत्पिडित हुन गए । समाज भित्र जातीय बिभेद बढ्दै गयो । यसरी बनाइएका दलितहरुलाई बर्षभरी कपडा सिलाएमा एक डोका मकै, भाँडा पिटाएको एकडोका मकै, यस्तै प्रकारले उनीहरुको पेशा समेतलाई कुण्ठित गराइयो । एकप्रकारले दास जस्तै बनाएर कामको बदलामा अन्न बिनिमय तर जति कजाए पनि एकडोका मकै, दुई चार पाथि गहुँ–धान आदिले कसरी उनको जिविकापार्जन सम्भब हुनथ्यो ?

अब एउटा बाहुनको छोरालाई सिलाई सिक्न जात जाने डरले उ बिदेशमा लाहुरे हुन्छ, मगरहरु फौजमा भर्ति हुनछन्, चौकिदार बन्छन्, कामी दमाईको त्यो बालिले गुजारा चल्दैन उनीहरु पनि मुग्लानमा गएर सानोतिनो काम गर्छन् । यसरी बिस्तारै देशका नागरिकले देश छाडे । एक अर्काको देखासिकी गर्दै लाहुरे हुँदैगए अनि बिदेशीहरु देशमा भरिंदै गए, छिमेकीले यहि चाहेको थियो । बिस्तारै यो देशमा आफ्नो बहुमत तैयार पारेर चुनावी सैलिमा देशलाई आफुले शान्तिपुर्वक रुपमा कब्जा गर्ने । त्यो उसको नियती बारे शासकहरुले बुझेर पनि बुझ पचाएकाले आज यो देशको दुरगती भएको हो । जो त्यो परमपरालाई हामीले आज पनि छाड्न सकिराखेका छैनौं ।

एकातिर जातीय बिभेद, अर्कातिर गोर्खा भर्ति केन्द्र खोलेर बिदेश जान छुट गराइयो, किसानहरुलाई सिँचाईको ब्यबस्था नहुनु आदि ईत्यादी अबस्थाले जनतालाई देश बिहिन बनाउँदा र बिदेशिहरुलाई देश भित्र्याउनाले यो जटिल अबस्था आएको हो । छिमेकीले जो चाहेको थियो, हाम्रा साशकहरुले त्यहि पु¥याउँदै आए । सरकारमा जान उनैको नतमस्तक भएर आज्ञाकारी हुँदै आए । भर्खरै उपनिर्वाचनको हार जीतको फैसला भएकोछ, जीतेकाले खुशी मनाएका छन् तर देशको बारेमा चिन्तित कतै देखिंदैनन् । यो राजनीतिक ब्यबहारले देशलाई जटिल मोडमा पुराएकोछ र यो परमपरालाई न छाडे ठुलो संकट आइलाग्ने छ ।
१ डिसेम्बर २०१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *