निर्दयी रहेछौ क.प्रचण्ड

तिम्रो घरमा मिठो पाक्दा जनता सडकमा भोकै हिडेका छन््
कसरी खुसी भयो क. तिम्रो त्यो क्रान्तिकारी तनमन
देश ठप्प लकडाउन छ ब्यबस्था जिरो मिटरमा चलेको छ
कोरोनाले होइन मान्छे भोकमरिले बाटोमा ढलेको छ
भोकै प्यासै जनता बासस्थान पुग्न ताँती छन्् बाटोमा
कसरी जन्म भयो क. तिम्रो मानव भई नेपाली माटोमा ?

हिजो मिठा थिए क. तिम्रा कुरा जनयुद्धको लालसेना हुँदा
आज बुझाउन सकेनौ क. तिनै तिम्रै सेनाका मन रुँदा
सोंचेका थिए जनता दुःखमा पक्कै तिमीले साथ दिने छौ
कसरी भनु आजको बिपतमा तिमी खात्ती निर्दयी रहेछौ
संसार भरी बिपत्ति आईपर्दा सरकार जनताको पक्ष्यमा
तिमी पनि भन्ने गथ्र्यो लडाई समाजबादको लक्ष्यमा

भारतबाट फर्किने कामदार सीमानामा रोएका छन्
परेलीबाट आँशु झार्दै देश जाने गुहार मागिरहेका छन्
किन ल्याउन सकिएन प्रश्न छ मजदूरको उनका घर
बिदेश जान बाध्य हो होइन उनको मनको रहर
के सुनाउ उनका कथा भिडियो हेरे आँशु झारे
मैले केहि सक्छु की भनी सोंचे अनि अल्लमल्ल परे

देखिन्छ अझै उनैलाई लाठी गोली बर्सेको
प्रहरीको कुटाईदेखि सबैको मन तर्सेको
कस्तो होला मेरो देश गरीबले गरीब कुट्छ
सरकार भने रमिता हेरी त्यही देश लुट्छ
झन् पछी झन् देशमा यही चाल फैलियो
अन्धकार भयो मन अनि जीबन मैलियो

महाभूकम्प आउँदा देखें मैले राहतसम्म चोरेको
कती लोभी मान्छेको मन मनपरी गरेको
चुनाव आउँदा भन्छौ तिमी भ्रष्ट्राचार मेटिन्छ
विडम्वना भ्रष्ट्राचार सरकार भित्रै भेटिन्छ
घुष नदिएसम्म तिनी केही काम गर्दैनन्
चेकजाँच गर्न नेताहरु गाउँ ठाउँ झर्दैनन्

आग्रह छ जनता हो कोरोनाको महामारी रोकऔ
सुरक्षित रही गाउँ ठाउँलाई सुरक्षित राखौ
हात धोऔं मुख धोऔं सुगर सफा हौं
मेहनत गरौं फलाउ खेतमा धान, मकै, गहूँ
समाप्त भए कोरोना हाँसी खुसी बाँचौला
गाउँगाउँ गई जीतको शन्देश दिदै नाँचौला ।

नवीन बस्याल प्यूठान
हाल जापान

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार