निर्दोष छौं ईमान्दार र बफादार

  •   
  •  
  •  
  •  
  •  
  •  

280 जनाले पढ्नु भयो ।

सुरेशकुमार पाण्डे

पैदलनै हिंडेर सिमा पारी गएँ त्यो बेला,
अथाह दुःख अनि पिडा सहेँ त्यो बेला ।
हो मलाई थाहाछ खान र लाउनमा नै,
परदेशमा बाल मजदुर भएँ त्यो बेला।


न सोध मसँग कति दिन भोकै बसे हुँला,
कयौँ पल्ट जालिको जालमा फसे हुँला ।
कैले होटेल कहिले अर्काको घरमा पनि,
खान लाउँनमा कति भाँडाहरु धसे हुँला ।


जब आफ्नो परदेशमा बास हुन थाल्यो,
आर्कैले अड्कली दिने गास हुन थाल्यो ।
जीवनमा कस्तो बित्यो सोधेपछि भन्थे,
अब त पिडाहरुनै धेरै खास हुनथाल्यो ।


बिदेशका गल्लिगल्लि डुलेर बित्यो दिन,
अर्काको देशभित्र सधैं घुलेर बित्यो दिन ।
दिनोरात काममा खटिए पनि बिदेशमा,
आफ्नै देशलाई कैले नभुलेर बित्यो दिन ।


जीवनभरी दुःखै दुःख गर्नुपर्छ बिदेशमा,
घर छाड्नेहरु अकालै मर्नुपर्छ बिदेशमा ।
निर्दोष छौं ईमान्दार र बफादार भएपनि,
जीवन भरि कायर झैँ डर्नुपर्छ बिदेशमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *