निर्लज्जताको प्राकाष्ठा
3018 जनाले पढ्नु भयो ।
- जनकराज पौडेल
बर्षौं जेल बस्यौं भन्यौ
स्वतन्त्रताको लागि
झुट्टा मुद्धा खेप्यौं भन्यौ
गणतन्त्रको निम्ति
भरोषा मान्यौं, जनता साथ दियौं
ज्यानको बा“जी लगायौं, अपाङ्ग भयौं
हजारौ शहिद भए
लाखौ घर वार विहिन
तर पनि खुसी भन्यौं
किन कि देशमा गणतन्त्र आयो
सयौं बर्ष पछि स्वतन्त्रता छायो
पिंजडाको चरि मुक्त भयो ।
देश कायपटल बनाउछु भन्यौ
सुखि र समृद्धिका सपना बाड्यौं
सत्तामा पुराई दियौं तर हामी के पायौं ?
बरु तिमि आज
शक्तिले तिमिलाई भ्रष्ट बनायो कि
तिमि भित्रको कपट छरप्रष्ट भयो कि
जेको निम्ति बर्षौं लड्नु प¥या थियो
प्राप्त पछि, संरक्षणको जिम्मा दिएको थियो
तिमि नै कुल्चिदै गयौ
अपहरण मात्र होईन घा“टी नै रेट्न पुग्यौं
विश्वास मान्नेहरु
सन्तान आगमनको निम्ति
पुर्णिमाको बर्त बस्ने गर्दथे
तर भएका सन्तान नामेट गर्दै
बर्त बसेको देखिएको थिएन
तर यहाँ उल्टो देखिंदै छ
आज तिनिहरु पनि दंग छन् होलान्
त्यसैले तिम्रो निर्लज्जता प्राकाष्ठा भयो ।
देशको शान्ती भंग गर्दै
विश्व शान्तीको कामना गर्छौ
निर्लज्जताको पनि हद हुन्छ होला
मोठ मन्दिर धाउ“दै हिड्छौं
जनताका अधिकारमा भोटेचाल्चा मारी
स्वतन्त्रता र जनादेशका कुरा गर्छौं
स्वतन्त्रता र जनादेश धोस्त पार्ने तिमि
अब फेरी कस्तो जनादेश खोज्या हो
अभिभावकत्व बोध गर्न नसक्नेले
कति फुर्ति गर्न सक्या हो
निर्लज्जता पनि हैरान छ आज
कति पिंडा दिन सक्या हो
सव बकबास बन्द गर
निर्लज्जताको प्राकाष्ठा भयो ।