निलिमा पुनको नयाँ तिजी गीत गाउँ गाउँमा

  • धनवीर पुन मगर

काठमाडौं । यतिवेला सर्वत्र पश्चिमा छाडा संस्कृतिको विगविगी छ । रूपमा हेर्दा तीज नारी स्वतन्त्रता जस्तो देखिन्छ । सारमा उत्तर–आधुनिकतावादी संस्कृतिको रमझमले तीज विकृतितिर धकेलेको छ । तिज पर्वलाई हिन्दु विवाहीत महिलाहरु माइतिमा जम्माभई आफुहरुले पतिको घरमा सो परिवारका सदस्यहरुले आफुमाथि गरेका ज्यादती, अवहेलना र हिंसाका वेदाना र आक्रोशहरु लयवद्ध गीतको रुपमा व्यक्त गरी मनोरञ्जन गर्ने र आफुलाई हल्का महुशस गर्ने दिनको रुपमा मनाइँदै आयो ।

सामन्ती र रुढिवादी हिन्दू परम्परामा महिलाहरु जमघट् हुने, मानोरञ्जन गर्ने र आफु भित्रका वेदनाहरु पोख्ने अन्य कुनै वैकल्पिक माध्यमहरु नहुनाले पनि तीजले व्यापकता पायो । त्यसैको उदाहरण अहिले पनि साउने संक्रान्तिबाट तिजको पञ्चमीसम्म महिलाहरुले गाउँहरुमा जम्मा भई तिजी गित गाउने र नाच्ने चलन छ ।

एकजना व्यक्तिको लागि पानी नखाई व्रत बस्नुपर्ने, बिहान श्रीमानको खुट्टा धोएर पानी खानुपर्ने, तीन दिनसम्म भोकै बस्नुपर्ने यो स्वास्थ्य विज्ञानका हिसाबले पनि राम्रो हुँदैन । फेरि पनि महिलाहरूलाई दासताको जञ्जिरबाट मुक्त हुन नदिने खेललाई साथ दियो पश्चिमा छाडा संस्कृतिले । यसरी नेपाली महिलाहरूमा तीनवटा वर्ग देखिन थाल्यो । उच्च वर्ग, जसले फेशन सो गरेर एक महिनादेखि पार्टी प्यालेस र होटलहरू बुकिङ गरेर हवीस्की, वियर, वाइन, पिएर स्वातन्त्रताको नाममा अराजकतातिर गएका छन् । मध्यम वर्ग, यो वर्गका महिलाहरू आफ्नो कामकाजको बीचबाट पनि उच्च वर्गका महिलाहरूको प्रभावबाट अछुतो छैनन् । निम्न वर्ग, यो वर्गका महिलाहरू दशनंग्रा खियाएर साँझबिहान हातमुख जोड्ने स्थिति हुँदैन । यिनका लागि तीजको रमझम ‘आकाशको फल, आँखा तरी मर’ जस्तै भएको छ । यी तीनवटै महिलाहरूको लागि तीज पर्व रूपमा स्वतन्त्रता जस्तो देखिए पनि सारमा पितृसत्ताले लादेको उत्पीडनको रूप हो ।

परिवर्तित समाजमा तीजका गीत नृत्यहरु पनि क्रमश: परिवर्तन हुँदै गए र चेतना मूलक जस्तै– महिला पुरुष विच समाजमा गरिने विभेदहरु, राज्य ब्यवस्थाका अन्याय अत्याचारका विरुद्ध पनि लक्षित गरिए । जसको कारण पञ्चायतकालमा कैंयन स्थानमा महिला माथी झुटा मुद्धाहरु लगाउने र यातनाहरु दिनेकामहरु पनि भएका थिए । चीन र सोभियत रुसमा समाजवादी ब्यवस्था रहँदासम्म त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि रह्यो । प्रगतिशिल चिन्तनको विकास हुँदै थियो, रुढीवादी सोंच र चिन्तनहरुले छताछुल्ल हुन पाएका थिएनन् । पुराना संस्कार, संस्कृती र चाडपर्वहरुलाई प्रगतिशिल र आधुनिक रुप दिने प्रयत्न गरिंदै थियो । सोहि अनुरुप तीजका गीत र नृत्यमा पनि जनचेतना मुलक बनाउँदै गयो ।

महिलाहरूले पनि समाजमा प्रचलित रुढीवादी अन्धविश्वास, कुरीति, कुसंस्कारका विरुद्ध धावा बोल्दै, अदृष्य र अलौकिक शक्तिको भ्रमबाट मुक्त हुँदै, प्रगतिशील संस्कार र संस्कृतिको मान्यतालाई आत्मसात गर्नुपर्ने आजको आवश्यकता छ ।

समाजमा प्रचलित रुढीवादी अन्धविश्वास, कुरीति, कुसंस्कारका विरुद्ध धावा बोल्दै, जनवादी गायीका निलिमा पुन मगरद्वारा रचना गरिएको “गाउँ गाउँमा” स्थायी रहेको तिजी गीत बाहिर आएको छ । गीतमा निलिमा पुन र विमा पुनले मिठो स्वर दिनुभएको छ भने एरेन्ज नारायण दंगाले गर्नुभएको छ । आलाप डिजीटल रेकर्डिग स्टुडियोमा रेकर्ड भएको यो गीतमा पुनले नेताहरुले दिंदै आएका अव्यवहारिक भाषणबाजीको चर्को आलोचना गर्नुभएको छ ।

“गाउँ गाउँमा अधिकार आयो भन्छन् नेताले

कसले पायो अधिकार भन जनताले ……

घर घरमा खुशी छायो भन्छन् हेर नेताले

झुपडीको हालत के छ ? भन जनताले…..

शुख र समृद्धीको कुरा गर्छन् नेताले

भोको पेट बेथा केछ ? भन जनताले…..

देशमा शान्ति सुरक्षा छ भन्छन् हेर नेताले

ढुक्कै बाच्नु छकि छैन ? भन जनताले …..

समानता र सुशासनको कुरा गर्छन् नेताले

भेदभाव छ कि छैन यहाँ ? भन जनताले ….

वेरोजगारी हट्छ अब भन्छन् हेर नेताले

देशमा रोजगार छकि छैन ? भन जनताले……

भ्रष्टाचार र तष्करीलाई रोक्छौं भन्छन् नेताले

माफियाको खेल केछ ? बुझौं जनताले ……

नयाँ नेपाल बन्छ अब भन्छन् हेर नेताले

कस्तो बनला नयाँ नेपाल ? हेरौं साराले ……

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार