‘नेकपाभित्रको गालीगलौज निम्न सांस्कृतिक स्तरको परिणाम’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको गालीगलौज उनीहरुको निम्न सांस्कृतिक स्तरको परिणाम भएको बताएको छ । नेकपाका नेताहरु एक अर्कालाई निम्नस्तरको गालीगलौजमा उत्रिएको र त्यसबाट आफ्नो पार्टी दुःखी बनेको मसालले जनाएको छ ।

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले गत मंसिर २ गते प्रेसित गर्नुभएको वक्तव्यमा अहिले नेकपाभित्र रहेका विभिन्न घटकहरुले गतकालमा आफ्नो पार्टीविरुद्ध यस्तै गालीगलौज र चरित्रहत्या गर्ने गरेको स्मरण गर्नुभएको छ ।

तर, त्यसरी गालीगलौजमा उत्रिनेविरुद्धसमेत मसालले कहल्यै पनि व्यक्तिगत आक्षेप र गालीगलौज गर्ने नगरेको महामन्त्री सिंहले स्पष्ट पाुर्नभएको छ । मसालले पार्टी विरुद्धको हमलाको जवाफ राजनीतिक रुपमै दिने गरेको बताउँदै पार्टीको त्यस प्रकारको गौरवपूर्ण सांस्कृतिक धरातलबाट अन्य पक्षले पनि शिक्षा लिनुपर्ने जनाएको छ ।

महामन्त्री सिंहले प्रेसित गर्नुभएको वक्तव्यको बुँदा नं ६ मा लेखिएको छः
‘नेकपाभित्र व्यक्तिगत रूपमा एकर्कालाई निम्नस्तरका गालीगलौजसम्म गर्ने जुन प्रवृत्ति देखा परेको छ, त्यसका लागि हामीलाई दुःख लागेको छ । त्यस प्रकारको प्रवृत्ति नेपालको राजनीति र स्वयम् कम्युनिस्ट आन्दोलनमा पनि देखा परेको निम्न सांस्कृतिक स्तरको परिणाम हो । हाम्रो पार्टी पनि त्यस प्रकारको गालीगलौज वा चरित्रहत्याकोे धेरै पल्ट सिकार भएको छ । गत कालमा स्वयम् अहिलेको नेकपाका विभिन्न घटकले अत्यन्त तल्लोस्तरमा उत्रेर गालीगलौजद्वारा हामीमाथि आक्रमण गर्ने गरेका छन् । त्यही प्रकारको संस्कृति अहिले नेकपाको शीर्षस्थ नेतृत्वतहमा पनि पुनरावृत्ति भएको छ । तर हामीले यो दाबी गर्दछौँ कि हाम्रो पार्टी कहिल्यै पनि त्यस प्रकारको निम्नस्तरको राजनीतिक–सांस्कृतिक धरातलमा उत्रने गरेको छैन । यस सन्दर्भमा यो कुुरा पनि स्पष्ट हुनुपर्दछ कि दक्षिणपन्थी, उग्र“वामपन्थी”, “मध्यपन्थी”, गद्दार, राजापरस्त, काङ्ग्रेसपरस्त, सोभियत संशोधनवादी, चिनियाँ संशोधनवादी, भारतपरस्त आदि राजनीतिक शब्द हुन्स र, तिनीहरूलाई व्यक्तिगत गालीगलौज वा चरित्रहत्याका आक्षेपको रूपमा लिनु सही हुने छ्र्रैन । हाम्रो पार्टीका करिब साढे ६ दशकका दस्तावेज, लेख वा वक्तव्यको अध्ययन गर्ने हो भने तिनीहरूमा कसैलाई पनि गालीगलौज गरेको, व्यक्तिगत आक्षेप लगाएको वा चरित्रहत्या गरेको एउटा पनि शब्द पाइने छैन, यद्यपि हाम्रा विरुद्ध त्यस प्रकारको गालीगलौज वा चरित्रहत्याको साहित्यको प्रचूरता छ । हाम्रो पार्टीका विरुद्ध अहिले पनि कतिपय पक्षले त्यसरी निम्नस्तरमा उत्रेर हमला गर्ने गरेका कैयौँ उदाहरण पाइन्छन् । हाम्रा अगाडि त्यस प्रकारका निम्नस्तरका आक्षेप लगाउनेका विरुद्धको जवाफमा पनि हामीले त्यस प्रकारको आरोप लगाउने गरेका छैनौँ । हाम्रो पार्टीको त्यस प्रकारको गौरवपूर्ण सांस्कृतिक धरातलबाट अन्य पक्षले पनि शिक्षा लिनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार