नेकपा कार्यकर्ताद्वारा भ्रमको खेती

148 जनाले पढ्नु भयो ।

दाङ । राजपुर गाउँपालिका–७ को एरानामा सत्तासिन नेकपाका कार्यकर्ताहरूले भ्रमको खेती सुरु गरेका छ्न । राष्ट्रिय जनमोर्चाप्रति स्थानीय जनताको आकर्षण बढेपछि त्यहाँ भ्रमको खेती सुरु भएको हो ।

राजपुरको एरानाका नेकपाका कार्यकर्ताले यहाँका मान्छेहरू जनमोर्चा हुने हो भने आफूले आएको विकास र विद्युतका पोलसमेत फिर्ता गर्ने कुरा गरेर भ्रमको खेती गरेको स्थानीयले बताए । स्थानीय जनताको विकासको अधिकार र राज्यको दायित्वको कुरालाई आफ्नो पाकेटको बजेटजस्तो गरेर सोझा जनतालार्इ भ्रममा पार्ने र राष्ट्रिय जनमोर्चा प्रवेश गरेका नागरिकहरूलार्इ समेत आतङ्कित गर्ने कामसमेत गरेको स्थानीयले बताए ।

स्मरण रहोस्, नेपाल विधुत प्राधिकरण लमही डिभिजन कार्यालयले राजपुर गाउँपालिकाका विकट बस्तीहरू गोठुवा, एराना, ताली, कुरुवा, सुनपत्री खोला र वडा नम्बर ५ महतिनिया खोलाभित्रका गाउँहरूमा गत आर्थिक वर्षको अन्तिमतिरै टेन्डर प्रक्रियाबाट विद्युतीकरणलाई अगाडि बढाएको छ । तर स्थानीयलाई श्रमदानको नाममा नागरिकहरूलार्इ दुःख दिने गरेको स्थानीय नागरिक बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *