नेकपा वडाअध्यक्ष र सदस्यका उम्मेदवारसहित राजमो प्रवेश

कपिलवस्तु । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको विशेष संगठनात्मक अभियान कपिलवस्तुमा उत्साहजनक रुपमा चलेको छ । अभियानका क्रममा नयाँ सदस्यता वितरणसँगै विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्ने लहरै चलेको छ ।

त्यसक्रममा विजयनगर गाउँपालिका वडा नं ५ मा नेकपाका वडाअध्यक्षका उम्मेद्वार खदेरू पसी र वडा सदस्यका उम्मेदवार सुभवन्ती पसीसहित दर्जनौं व्यक्ति नेकपा परित्याग गरी राजमोमा प्रवेश गर्नुभएको छ । पसिद्वयसहितका नवप्रवेशीहरुलाई राजमो नेता तथा ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य केरसिंह अदैले अविर तथा खादा लगाई सम्मान गर्नुभयो ।

कार्यक्रममा नेता खदेरूले आफू वडाअध्यक्षको उम्मेदवार भएर राष्ट्रिय जनमोर्चासँग प्रतिष्पर्धा गरेको तर, बुझ्दै जाँदा राष्ट्रिय जनमोर्चा नै सही पार्टी लागेको हुँदा प्रवेश गरेको बताउनुभयो । यस्तै, वडा सदस्यका उम्मेदवार सुभवन्ति पसीले राजमोको कार्यक्रममा सहभागी भई देश र जनताको पक्षमा काम गर्न पाउँदा गर्व लागेको बताउनुभयो ।

पार्टी प्रवेश पछि आयोजित भेलाले खदेरु पसीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय जनमोर्चा विजयनगर ५ नं वडा समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा निशा भर, सचिव कञ्चन भर, कोषाध्यक्ष सुभवान्ती पसी, सदस्यहरु मिन बहादुर सुनार, मन बहादुर पुन, कोइला भर, चन्द्र पसी, तारामती यादव रहनुभएको छ । सल्लाहकारमा गोपाल सुनार र पवित्रा सुनार रहनु भएको छ ।

भेलालाई अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला परिचालन समिति सदस्य केर सिंह अदै, राष्ट्रिय जनमोर्चा विजयनगर गाउँसमिति अध्यक्ष गोपाल सुनार, रा ज मो ४ नं वडाअध्यक्ष विष्णु सुनार, राजमो ६ नं वडा अध्यक्ष पातेश्वरी यादव लगायतले बधाई तथा शुभकामना दिनु भएको थियो ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ समितिका सचिव गोविन्द परिवार र स्वागत सुभवान्ति पसीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार