नेपालमा कृषिको महत्व

  •   
  •  
  •  
  •  
  •  
  •  

18008 जनाले पढ्नु भयो ।

उपमा बुढा मगर 

नेपाल कृषि प्रधान देश हो । यहाँका ६६.७ प्रतिशत जन संख्या प्रत्यक्षरुपमा कृषि पेशामा लागेका छन् । देशको कुल ग्राहस्थ्य उत्पादनको करिब ३३ प्रतिशत भाग कृषि क्षेत्रले ओगतेको छ । नेपाल भौगोलिक हिसाबले हेर्ने हो भने सानो देश हो तर पनि हावा पानीको हिसाबले भने ठाउँ अनुसार फरक फरक किसिमको हावा पानि पाईन्छ । जसले गर्दा ठाउँअनुसारकै कृषि उपजहरू उत्पादन हुन्छन् । जसले गर्दा कुनै एक ठाउँमा उत्पादन हुने मौसमी उपज अर्काे ठाउँमा बेमौसमी र अनौठो हुन सक्छ जसले गर्दा आर्थिक आम्दानी गर्न सहयोग पुग्छ ।

सर्वप्रथम कृषि भनेको एउटा कला हो, विज्ञान हो । जसमा हामीले विभिन्न वस्तुहरूको उत्पादन गर्छाै । त्यसको लागि विभिन्न विधिहरू र ( ) हरूको आवश्याकता पर्दछ । कृषि एउटा महत्वपूर्ण विषय हो । जसको एकदमै महत्वपूर्ण भूमिका हुन्छ । जसविना प्राणीहरूको अस्तित्व हुन सक्दैन । मानिसलाई आफ्नो जीवन निर्वाह गर्नको लागि आवश्याक पर्ने खाद्य तत्व, पौष्टिक तत्व सम्पूर्ण हामीले कृषिको सहायताले उत्पादन गर्न सक्छौ । जस्तै : खाद्यतत्व, दुध, माछा, मासु आदी । यति सानो देशमा कृषि क्षेत्रमा यति धेरै सम्भाव्यताको देश विश्वमा नै एक हो । जहाँ उच्च हिमाली भेगमा पशुपालन पहाडी भेगमा फलफूल खेती र तराईमा खाद्यान्न उत्पादन हुन्छ । कृतिम तरिकाले बालीजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो । यो खेत वा वारीमा अन्न रोपी त्यसलाई गोदमेल गरेर उब्जाउने काम हो । पशुपालन, वालि उत्पादन, मत्स्य पालन र अन्य जीव जन्तुको पालन वा खेती यस अन्तर्गत पर्दछन् ।नेपाली समाजलाई नियालेर हेर्ने हो भने सबै भन्दा भरपर्दाे पेशा कृषिलाई मान्न सकिन्छ । धेरै नेपालीको जिविकोपार्जनको बलियो आधार कृषि नै हो । मानव सभ्यताको विकासक्रमसँगै परम्परागत रुपमा खेतिपातिको शुरुवात भएको पाईन्छ । जीवन निर्वाह तथा जीवन सञ्चालनको निम्ति कृषि नभई नहुने कुरा हो । कृषि पेशा विश्वका अधिकांस मुलुकहरूले अप्नाएको पेशा हो । कतिपय मुलुकहरूले आधुनिकिकरणमा रुपान्तरण गरिसकेका छन् भने कतिपय अझै पनि परम्परागत तथा जीवन निर्वाहमुखी कृषि पेशा मै सिमित रहेका छन् । नेपाल कृषिमा आधुनिकता तर्फ बढिरहे ता पनि अझै पनि नेपालको अधिकांस क्षेत्रको त परम्परागत कृषि प्रणाली तथा जीवन निर्वाहमूखी रुपमै अगाडि बढिरहेको छ । कृषि नेपालको लागि मुख्य पेशा भएपनि यतिबेला यो देश वार्षिक रुपमा खाद्यान्न आयत गर्नु पर्ने अवस्थामा रहेको छ ।

नेपालमा उत्पादन हुने प्रमुख खाद्य वाली जस्तै धान, मकै, कोदो, गहुँ लगाएतका अन्य अन्न समेत विदेशबाट आयत हुन थालेको छ । यसले हाम्रो कृषिको दयानीय अवस्थालाई संकेत गर्दछ र चालु आर्थिक बर्षको दश महिनामा ३१ अर्ब रुपैया बरावरको धान तथा चामल, मकै, कोदो, गहुँ, फापर लगाएतका खाद्य सामाग्री आयत भएको छ । जुन तथ्यगत कृषि गणनाले पनि स्पस्त पार्दछ । वि.सं. २०६८ सालको कृषि गणना अनुसार करिब ३८ लाख घर परिवारले कृषिलाई प्रमुख पेशाको रुपमा अप्नाएको पाइन्छ । कतिपय किसानहरू जमिन्दार तथा भूमिपतिकोमा न्युनतम ज्यालामै काम गर्न वाध्य छन् । यसरी थुप्रै नेपाली कृषकहरू पुरानै प्रचलनमा काम गर्न बाद्य भएकै कारण नेपाल कृषि वस्तुहरूका लागि छिमेकी मुलुकहरूमा भर पर्नु परेको छ । नेपालमा कृषिको सन्दर्भमा सकारात्मक कदम नचालिएको पनि होइन तर विगत केही बर्ष यता केही कृषकले यस पेशालाई आधुनिक र व्यावशायीक रुपमा लैजाने अनुकरणीय प्रयास गरेका छन् । यस्ता प्रयासहरूले हालको कृषि बजारमा केही मात्रामा भएपनि स्थान लिएको छ । केही अपवादलाई छोडेर नेपाली कृषिले अभैm पनि युवा वर्गलाई आकर्षित गर्न सकेको छैन । जसको फलस्वरुप दिनहुँ हजारौ संख्यामा युवा रोजगारीकै खोजीमा खाडी मुलुक तथा अन्य मुलुक जान वाद्य छन् । जस मध्य केहीले त विदेशमा कृषि मजदुरकै रुपमा काम गरिरहेका छन् । सरकारले युवा वर्ग लक्षित कृषि कार्यक्रमलाई प्रभावकारी बनाउन नसक्दा यो समस्या निम्तियको हो । जुन राष्ट्रकै गहन चुनौती बन्न पुगेको छ ।

मुलुकमा औद्योगिकिकरणको विकासको लागि मुख्य आधार कृषि हो । राज्यको औद्योगिकिकरणको लागि पनि उपलब्ध स्रोत र साधनलाई कृषि मैत्री बनाउन जरुरी छ । कृषिमा उत्पादन बढाउन सकेमा मात्र कृषिमा आधारित उद्योगलाई आवश्यक कच्चा पदार्थको अभाव हुँदैन । यसबाट औद्योगिकिकरणको विकासले पनि गति लिन सक्ने थियो । हामीले कृषिलाई व्यवशायका रुपमा विस्तार गरी आफ्नो उपभोगको लागि मात्र नभएर बढि भन्दा बढी उत्पादन गरेर आय आर्जन गर्न सक्ने वातावरण बनाउनु पर्दछ । हाम्रो देशमा कृषि क्षेत्रको उन्नतीको लागि किसानहरूलाई हौसला दिनु जरुरी छ । राज्यले कृषि नीति बनाउँदा दुर्गम तथा ग्रामिण क्षेत्रमा कृषि सहकारी वा लघु वित्त संस्थाको माध्यमबाट स्थानीय निकायको परिचालन गरि सामुहिक खेति प्रणालीको अबधारणा अगाडि बढाउन सके गरिबी तथा बेरोजगारी हटाउन सहयोग पुग्न सक्छ । आजभोली अन्न तथा तरकारीजन्य कृषि प्रणालीमा आधुनिक प्रविधि तथा सूचना प्रणालीको प्रयोग गर्न थालिएको छ । आधुनिक खेतिमा कृषकहरूको भूमिका महत्वपूर्ण बन्दै गएको छ । आधुनिक खेति प्रणालीले कृषि योग्य भूमिको उत्पादकत्व बढाएको छ । आधुनिक प्रणाली अन्तरगत आधुनिक मेशिन तथा प्रविधिको प्रयोग हुने हुँदा यसबाट भुक्षयमा कमी, खडेरी, किरा लाग्ने, विभिन्न रोग लाग्ने र अन्य हानी नोक्सानी बाट जोगाउनका साथै जमिनको उत्पादकत्व बढाउन मदत पुगेको छ । वालिनालि तथा पशुपालन सम्वन्धि आधुनिक तथा उन्नत प्रजनन प्रक्रियाको प्रयोग गर्नाले उत्पादन, गुणस्तर र विश्वसनियतामा वृद्धि गर्न सक्छ ।

नेपालमा कृषिको महत्व निकै नै धेरै छ । किन भने कृषि भनेको विकासको एक प्रमुख माध्यम हो । हाम्रो देश नेपालमा कृषिको सम्भावना पनि त्यतीकै प्रचुर मात्रामा रहेको छ । हामीले स्रोत साधन पाएको खण्डमा कृषिको मदतले हामी देशको मुहार फेर्न सक्छौ । देशलाई प्रगतिको दिशातिर लम्काउन सक्छौ । तसर्थ नेपालमा कृषिको महत्व एकदमै अमुल्य रहेको छ । हामीले कृषिको महत्वलाई निम्न अनुसार उल्लेख गर्न सक्दछौ ।

१. खाद्य सुरक्षा
हामीले प्रयाप्त मात्रामा खाद्यान्नको उत्पादन मार्फत आत्म निर्भर भई खाद्य सुरक्षा कायम गर्न सक्छौ । जसबाट हामी भोकमरि, अनिकाल, र खाद्यन्नको कमि जस्ता समस्याहरूलाई जरैबाट हटाउन सक्षम हुनेछौं । हामीले हाम्रै देशमा उत्पादन भएका खाद्यन्नको प्रयोग गर्छौ जसबाट हाम्रो स्वास्थ्यलाई पनि महत्वपूर्ण पौष्टिक तत्व उपलब्ध हुन्छ ।

२.गरिबि न्युनिकरण
कृषिको विविधिकरण, व्यावसायकरण, यान्त्रिकिकरण र गुणस्तर मार्पmत गरिबि र बेरोजगारी जस्ता समस्याहरू न्युनिकरण गर्न सकिन्छ । कृषिको विकास सँगै देशमा विभिन्न कृषिसँग सम्बन्धीत उद्योगहरूको स्थापना हुन्छ । जसबाट आम सर्वसाधारणले रोजगारीको अवसर पाउछन् । विदेशिनु पर्दैन । आफ्नै देशमा आफ्नै पसिना र मेहनेतले कमाएर छाक तार्न सकिन्छ । त्यसकारण कृषिले एकदमै महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ ।

३. आर्थिक बृद्धि
यदी हामीले कृषिको महत्वलाई बुझेर कृषिमा केही गर्न पर्छ भन्ने सोचका साथ लाग्यौ भने हामीले हाम्रो देशमा विभिन्न कृषिजन्य वस्तुहरूको उत्पादन गरी देशको विकासका साथसाथै आर्थिक विकासमा समेत सहयोग पु¥याउन सक्दछौ । हामीले उत्पादन गरेको वस्तुहरूलाई विदेशमा निर्यात गर्न सकेमा हामीले विदेशी डलर पनि आर्जन गर्न सक्छौ । उच्च मुल्यका वाली वस्तुको उत्पादन र निर्यात मार्पmत आर्थिक बृद्धि गर्न सकिन्छ ।

४. निर्यात र व्यापारघाटा न्युनिकरण
हामीले अधिकतम मात्रामा कृषिजन्य खाद्यको उत्पादन गरी त्यसको विदेशमा समेत निर्यात गरि व्यापार विस्तार गर्न सकिन्छ । त्यसको साथसाथै व्यापार घाटा न्युनिकरण पनि गर्न सकिन्छ । हाम्रो देशमा जसको सम्भावना धेरै छ जसमा देशको भौगोलिक अवस्था, हावापानि पनि कृषि उत्पादनको लागि उपयुक्त छ ।

५. अनुसन्धान
कृषिको विकासको लागि यस क्षेत्रमा हामीले नयाँ नयाँ कुराहरूको अनुसन्धानको पनि गर्न सक्छौ । कृषिको विकासको लागि अनुसन्धान एकदमै अपरिहार्य कार्य हो । जसको मदतले हामीले नयाँ ( ) बिरुवाहरू उत्पादन गर्न सक्छौं । बिरुवाहरुको उत्पादकत्व क्षमता, रोगकिरासँग लड्न सक्ने क्षमता आदीको विकास गर्न सक्छौं । त्यसरीनै नयाँ प्रजातिका विरुवाको आविस्कार, विरुवाको अथवा जनावरको वसाईमा सुधार, उत्पादन क्षमता धेरै भएको विरुवाको विकास त्यसको साथसाथै अनुसन्धानबाट आधुनिक खेती गर्ने प्रविधिको पनि विकास हुन्छ ।

६. आत्मनिर्भर
कृषिले प्रमुख कुरा आत्मनिर्भर हुन मदत गर्छ । जसमा युवाहरूलाई कृषिमा आकर्षित गरी विदेश पलायनलाई निरुत्साहित गर्न मदत पु¥याउछ । जसले स्वाधिन अर्थतन्त्रको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

७. स्वस्थता
राष्ट्र उन्नतीको लागि राष्ट्रका नागरिकहरू स्वस्थ हुनु पहिलो आधारभूत कुरा हो । यसरी नागरिक स्वस्थहुने पौष्टिक तत्व युक्त ताजा फलपूmल, गेदागुदी, तरकारी दुध जस्ता आहारा कृषिबाटै प्राप्त हुने गर्दछ । यस्ता ताजा पौष्टिक आहारा उत्पादन र प्रयोगबाट स्वस्थ समाज र विकशित राष्ट्र निर्माणमा सहयोग पुग्छ । आफै उत्पादन गरेको कृषि जन्य उपजहरूको प्रयोग बाट शारिरिक र मानसिक विकासमा मदत पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *