नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । डोल्पामा गत बुधबार मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएपछि मृतकको संख्या १२ पुगेको छ ।

यसअघि कोरोनाबाट नेपालमा ११ जनाको मृत्यु भइसकेको पुष्टि स्वास्थ्य मन्त्रालयले गरिसकेको छ ।
यही जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाँउपालिका–३, थापागाउँका ५८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट कोरोना भाइरस पोजिटिभ आएको हो ।

उनको मृत्यु भएपछि शंका लागेर उनीसहित उनको स्याहारसुसारमा खटिएका उनकी पत्नी र भाइसमेतको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा मृतकको पोजेटिभ आएको र उनका पत्नी र भाइको रिपोर्ट भने नेगेटिभ आएको प्रहरीले जानकारी दिएको छ ।

दमका दीर्घरोगी उनी उपचारका लागि सुर्खेत गएर जेठ १८ गते गाउँ फर्किएका थिए । त्यसपछि घरमै क्वारेन्टिनमा बसेका बेला जेठ २१ गते बिहान ९ बजे उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार