नेपालमा कोरोना संक्रमणको प्रमुख श्रोत कोरेनटाइन

  •   
  •  
  •  
  •  
  •  
  •  

237 जनाले पढ्नु भयो ।

इन्द्र भेटाल

म इन्द्रबहादुर भेटाल । भारतको आर्थिक राजधानी मुम्वईको बान्द्रा चेतना कलेजमा करिव २६ बर्षदेखि कार्यरत र करिव २८ बर्षदेखि भारतमा सामाजिक कार्यकर्ताको हैसियतले काम गर्दै आएको छु । आवश्यकता रहेमा म त्यो विवरणहरु पनि दिन सक्दथे, तर त्यो अत्यन्तै लामो भएकोले मैले छोटकरीमा नै पेस गरेको छु ।

म माघको २० गते घर बनाउनका लागि गैंडाकोट वार्ड नंवर १ प्रतिभाचोकमा एउटा फ्लाट ३ कोठा सहितको भाडामा लिएर बसेको थिएँ । घर बनाउनको लागि आवश्यक प्रकिया पूरा गर्न केही समय लाग्यो । नगरपालिकादेखि सबै प्रक्रिया पूरा गरि घरको जग समेत थाप्ने काम भयो । त्यो समयमा म दुई महिनाको छुट्टि मिलाएर आएको थिएँ । करिब एक महिना त सबै ब्यवस्थापन गर्दागर्दै बितिहाल्यो । एक महिनामा घर बनाउन असंभव भएकोले फेरि एक महिना पछि फर्कने मनस्थिति बनाएर फागुन १५ गते म परिवार सहित आमा र दिदिलाई लिएर मुम्बई तर्फ लागे । २९ मार्चको हाम्रो फर्कने टिकट थियो । कोरोनाको महामारी र लकडाउनले गर्दा २० मार्च देखि मैले नोकरी गर्ने कलेज पनि बन्द भयो । मैले २२ मार्चको टिकट लिएर फर्कने तयारीमा थिएँ । २२ मार्चको नै भारतभरि कर्फु लगाएको कारण २१ मार्चको राति १० बजे हाम्रो २२ मार्चको टिकट भएको गाडि केनसल भयो र हामी फर्कन सकिएन ।

त्यसरि नै समय बित्दै गयो । लकडाउनको करिब ८५ दिनसम्म हामी मुंवईस्थित आफ्नै घरमा नै सुरक्षित रुपमा बस्यौ । म खालि तरकारी लिन मात्रै बिल्डिगको तल झर्थे नत्र हामीले सबै चिजहरु अर्डर गरेर होम डलिभरि घरमा नै मगाउने गथ्र्यौं । म त्यति छिटै फर्किन खासै जरुरी थिएन तर एकातिर आमा र दिदी पनि सारै आत्तिनु भएको थियो । अब कसरी ब्यवस्थापन गर्ने अलिकति समस्यामा परेको थिए म । मुम्बईदेखि नेपालमा आएर कोरोनटाईनमा बस्नु पर्छ भन्ने कुरा हुन्थ्यो भने हामी कदापि फर्किने थिएनौं । त्यसैले मैले घरबेटी दिदिलाई फोन गरेर होम कोरोन्टाईनमा बस्नलाई दिदिसँग अनुरोध गरें । “चावि कोसँग छ, दिदी ? म हजुर त्यहाँ नभए पछि होम कोरोनटाईनमा बस्ने गरि अषाढको १ गते म त्यहाँ पुग्ने गरि ब्यवस्थापन गरेर म आउछु ।” भने पछि– “ठिकै छ भाई चावि त हजुरसँग पनि छ, यदि नभए पार्वति दिदिसँग छ” भनेर जवाफ दिए पछि मैले मुम्वईदेखि प्राईभेट गाडि बुक गरेर फर्किने ब्यवस्थापन मिलाउन थाले ।

मसँगै गैडाकोट २ मा बस्ने हेमराज अधिकारी हामीहरु सँगै होम कोरोन्टाईनमा बस्ने भनेर टोल सुधारको अध्यक्ष नेत्रसँग उहाँले कुरा गरेर सबै कुरा मिलाउनु भएको थियो र नेत्रले पनि तपाईहरु ५ जनाको लागि मैले होम कोरोन्टाईनको ब्यवस्थापन गरेको छु भनेर नेत्रले हेमराजलाई जानकारी दिनुभएको कुरा हेमराज अधिकारीको भनाई छ ।

मैले नेत्रलाई नचिनेको र सम्पर्क नंवर पनि नभएकोले सम्पर्क नगरेको कुरा सत्य हो । हेमराज अधिकारी हामीसँगै आयौं । उहाँले भने अनुसार मैले पनि बिश्वाश गरेर जब हामी गाडिको ब्यवस्था गरेर हिंडेको अर्को दिन– “हेमराज जि उहाँहरु बाग्लुङको मान्छे रहेछ, उहाँहरु बाग्लुङ नै जानु पर्छ” भन्ने नेत्रको मेसेज हेमराजलाई आयो । टोल सुधारको अध्यक्ष भनौं या टोल बिगारको अध्यक्ष, उहाँले उक्त टोलमा एक किसिमको तहल्का मचाउने र सबैका कान भरेर टोलमा घुस्न नदिने वातावरण सृजना गर्नुभएछ । त्यसपछि मैले हाम्रा साथीहरुलाई फोन गरेर भने पछि वार्ड अध्यक्ष हरि सापकोटाको सल्लाह अनुसार जनक माविमा कोरोन्टाईनमा बस्ने ब्यवस्थापन गर्नुभएको रहेछ । हामी सुनौलिदेखि फेरि अर्को गाडि बुक गरेर हामी जनक माविमा प्रवेश गर्यौं ।

मैले जनक मविमा पुगे पछि ब्यवस्थापकहरुलाई अनुरोध गरें– “हामी मुम्बईदेखि प्राईभेट गाडि बुक गरेर आएका हौं र सुनौलिदेखि पनि बुक गरेरै आयौं, हामी चार जना परिवार एउटा कोठामा ब्यवस्थापन गरिदिनु होस्” भनि आग्रह गरें तर सुनवाई भएन ।

“महिलालाई अलग्गै राख्ने सरकारको नियम हो” भने पछि हामीहरुले पनि नियम नै हो भने त पालना गर्नु नै पर्छ भन्ने सोंच भयो । मेरी आमा र श्रीमतिलाई दोस्रो तलामा जहाँ पहिले नै एकजना कुवेतदेखि आउनु भएकी महिला र एकजना भारतदेखि आउनु भएकी महिलाको साथमा रहने ब्यवस्था भयो । अब हामी त महिला भएको ठाँउमा गएर हेर्न पनि सकिएन ।

अनि मेरो छोरा र मलाई एक जना अर्को भाइ थिए, हामी ३ जनालाई एउटा कोठामा राखियो भने, १२ जनाले नुहाउने एउटा बाथरुम, दुईवटा टोईलेट जहाँ बाल्टी समेत थिएन । एउटा कोठामा तीन जना मान्छेलाई एउटा बाल्टी एउटा मग र सफाईको लागि एउटै फिनायलको बोतल थियो । त्यो देखेपछि हामीले ब्यवस्थापकहरु र वार्ड अध्यक्षहरु सबैलाई बोलाएर समस्याबारे अवगत गराई सकेपछि प्रत्येक ब्यक्ति एकसेट सबै सामान दिने भनेर जानुभयो तर हामीले पाउन सकेनौं । मानवले मानवलाई गर्ने व्यवहार त भएन भएन, दानवले गर्ने जस्ता व्यवहार हामी मानवहरु माथि गरियो र हामी सुरक्षित रुपमा पुगेका कैयौं मानिसहरुलाई ब्यवस्थापकहरुको कमजोरिले कारण कोरोना संक्रमित बनाईयो । चार जना महिला मध्ये ६९ बर्षकी वृद्ध मेरी आमा भएको कारण सरसफाई गर्न नपरेको र नुहाउँदा समेत बोतलमा पनि थापेर नुहाउने गरेकोले आमा संक्रमित हुनबाट बच्नुभयो तर अरु तिनै जना महिलामा संक्रमित देखिए । हामीहरु पनि संक्रमित हुन पुग्यौं । आज दुःख कष्टका साथ सामना गरिरहेको अवस्था छ ।

ठिक छ यदि हामीहरु संक्रमित भएर टोलमा आएर सबैलाई संक्रमित गराउने उदेश्य त हाम्रो पनि पक्कै थिएन होला । हामीहरु भले भारतमा नोकरी पेशा गरेर आफ्नो गुजारा गरेका छौं तर हामी सचेत र शिक्षित पनि छौं । समाजमा आफुलाई अब्बल दर्जाको समाजसेवि भन्न रुचाउने विवेकहिन मानिसहरुको जस्तो घटिया सोंच हामीमा पक्कै पनि छैन । के त्यो कम्पाउन्ड गरेको विल्डिङमा हामीहरु बस्दा यदि हामीहरु भारतदेखि नै संक्रमित नै भएर आएको अबस्थामा हुन्थ्यौ भने पनि कसैको घरमा कोरोना उडेर जाने त थिएन होला ? हामीलाई आफ्नो र आफ्नाको माया छैन र ? यो समाजको त्यति पनि सोंच्न सक्ने क्षमता नै नभएकै होत ? सहि र गलतको मुल्यांकन गर्न सक्ने क्षमता नभएकै समाज हो भने त मेरो भन्नू केही छैन ।

अन्यथा म सँगसँगै आउने साथी हेमराज अधिकारीलाई वार्ड नं २ को समाजले होम कोरोन्टाईनमा घरपरिवारसँग एउटै घरमा साथमा बस्न मिल्ने । हामीहरु वार्ड नं १ मा भाडामा बसेको कारणले अरु कोही घरमा नभएको खाली घरमा पनि बस्न नमिल्ने ? कस्तो बिभेदकारी छ हाम्रो समाज ? अझै टोल सुधार समिति ।

म यस समाजका समितिमा रहने मित्रहरुलाई सवाल गर्न चाहन्छु टोल सुधार हो या टोल बिगार समिति हो यो ? यसको जवाफ समितिले दिनु पर्छ कि पर्दैन ? हामी एउटै गाडिमा आएका ६ जना मध्य हेमराजको नेगेटिभ रिपोर्ट आउने, मेरो दिदिको रिपोर्ट नेगेटिभ आउने, मेरो आमा र मेरो छोराको रिपोर्ट नेगेटिभ आउने, यदि हामीहरु यहाँ पुग्नभन्दा पहिले नै संक्रमित भएको भए त ६ जनाकै रिपोर्ट पोजिटिभ आउन पर्ने होईन र ? खाली हामी दुई जनाको रिपोर्ट पोजिटिभ आउनु भनेको यो समाजले हामीलाई होम कोरोन्टाईनमा बस्न नदिनुको परिणाम हो । त्यहि समाजले मुल्यांकन गरोस् ।

समाजमा विभिन्न किसिमका विकृति विसंगतिको बिरुद्व अहोरात्र खटिरहँदा पनि आज हामी पनि त्यहि विकृति, विसंगति, जाली फटाहाहरुको फन्दामा पर्न वाध्य भएका छौं । यस्ता अबशेषहरुको अन्त्य गर्न हामी संगठित भएर समाजमा हुने गरेका षडयन्त्र जालझेल र अन्याय अत्याचारको विरुद्धमा एकजुट हुँदै पुरानो रुढीबादी बिचारलाई परिवर्तन गर्न अनिवार्य भएकोछ भने यस्ता जालि फटाहाहरुले आफ्नो चिहान राख्ने खाडल स्वंय आफै खन्दैछन् । आफुले खनेको खाडलमा उनीहरु आफै जाकिने निश्चित छ ।

यस्ता जालि फटाहहरुसँग डराएर भाग्ने होईन कि सामना गरेर जानू पर्छ भन्ने मेरो मनसाय हो । अहिले म र मेरो परिवार प्राकृतिक चिकित्सालय रजहरमा स्वास्थ्य लाभको लागि उपचारमा छौ । उक्त प्राकृतिक चिकित्सालयमा करिव करिव जेष्ठ २२ गते देखि आज एक महिनाको अबधिमा ९५ जना मित्रहरु डिस्चार्ज भई सक्नुभएको छ भने अझै १५८ जना जति उपचारको क्रममा छौं । कामना गरौं यहाँ उपचारमा रहेका सबै मित्रहरु शकुसल कोरोनालाई जितेर घर फर्किनु हुने निश्चित छ ।

यहाँको ब्यवस्थापकहरुको अत्यान्तै राम्रो ब्यावहार र भावनाले सबै साथिहरुलाई हौसला मिलेको छ । ब्यवस्थापक सर हरि सापकोटा र डाक्टर बिनोद पौडेल सरको भावुक शब्दशब्दले हामीहरु अति खुसि छौ । बिनोद सरको योग सिकाउने बिधिले हामी सधै भरि स्वास्थ्य, अत्यान्तै हर्षित र प्रभुल्लित रहेका छौं । कोरोन्टाईनका ब्यवस्थापक र यस प्राकृतिक चिकित्सालयका ब्यवस्थापनमा हामीले जमिन आसमानको फरक पायौं । यसलाई हामीहरु सबै कोरोना पिडित साथिहरुले एउटा अबसर कै रुपमा स्वीकार गरेका छौं । हामी जसरी कोरोन्टाईनमा जति पिडित भयौ, यदि यहाँ पनि त्यस्तै ब्यावहार हामीहरुमाथि हुन्थ्यो भने सायद ५०५ विरामीहरु पनि ठिक हुन सक्ने अबस्थामा रहने थिएन ।

यस प्राकृतिक चिकित्सालयका निर्देशक, ब्यवस्थापकहरुको ब्यावहार, अन्य कर्मचारिहरुको पनि हामीहरुलाई हेर्ने दृष्टिकोण सफा मिठो स्वाभाव र भावुक बोलि, १००५ खानपानको अत्यन्तै राम्रो ब्यवस्थापन, मेश र सुरक्षामा खटिनु भएका कर्मचारी मित्रहरु समेत सबैलाई आभार प्रकट गर्दै हामीले १००५ नै रिजल्ट नेगेटिभ आउनेमा पुर्ण बिश्वस्त छौ ।

(स्मरण रहोस्ः इन्द्र भेटाल आज १२ जुलाई २०२० का दिन अस्पतालबाट डिस्चार्ज भइसक्नु भएको छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *