नेपाललाई एक दिवसीय क्रिकेटको मान्यता थप एक वर्ष

काठमाडौं । नेपालले पाएको १ दिवसीय क्रिकेटको मान्यता १ वर्ष थपिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपालको एक दिवसीय मान्यतालाई १ वर्ष थप गरेको बताए ।

कोरोना भाइरसको महामारीको कारण आइसीसीले १ वर्षको अवधि लम्बाएको हो । नेपालले अब सन् २०२३ को मार्चसम्म एक दिवसीय मान्यता पाएको छ । नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।

नेपालले पहिलो ओडीआई खेल नेदरल्याण्डसँग खेलेको थियो । यस्तै क्यानले आफू मातहत रहेको मैदानलाई स्तरोन्नती गर्न लागिरहेको उनले बताए ।

मार्चमा हुने त्रिकोणात्मक सिरिज अगाडि नै नेपाली राष्ट्रिय टोलीले प्रशिक्षक पाउने चन्दले बताए । नोभेम्बरको अन्त्यसम्म वा डिसेम्बरको सुरुवातमा नयाँ प्रशिक्षक नियुक्ती गरिसक्ने चन्दले बताए ।

क्यानको जारी वार्षिक साधारण सभामा वार्षिक लेखापरीक्षण, २०२१ को बजेट तथा कार्यक्रम, रणनीति निर्माण, जिल्ला तथा प्रादेशिक संघको निर्माण, संघ पदाधिकारी र कर्मचारीको कोड अफ कन्डक्ट निर्माण, फ्रेन्चाइजी क्रिकेट, एन्टिकरप्सन, एन्टी डोपिङ्ग लगायतका विषयहरु समेटिका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार