नेपाली कांग्रेसका एक दर्जन बढि कार्यकर्ता राजमोमा प्रवेश

प्यूठान, १९ चैत्र । स्वार्गद्वारी नगरपालीका ८, गरूम्फका नेपाली काँग्रेसलाई लामो समयसम्म साथ दिंदै आएको युबाहरुले सो पार्टी परित्याग गर्दै राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । उनीहरूले राजनैतिक गतिविधि ब्यक्तिवाद, गुटबन्दीमा सिमित रहेको सरकार पक्षबाट भएको अनियमित र भ्रष्ट्राचार बिरुद्ध प्रतिपक्षको भूमिका खेल्न नसकेको बताएका छन् ।

उनीहरु राष्ट्रिय जनमोर्चामाको राजनैतिक इतिहाँस, ठोस परिस्थितिको ठोस विश्लेषण गर्नसक्ने र किसान, मजदूरहरूका समस्यालाई आवाज उठाउँदै आएकाले नै आफूहरुले राजमोमा प्रवेश गरेको बताए । त्यसका साथै शोषित पीडित जनतालाई साथमा लिएर अघीबढने पार्टी राजमोको बिकल्प नभएको उनीहरुको ठम्याई छ । राजमोलाई मजबूत र शसक्त बनाउने तिर आफूहरु निरन्तर लाग्दै जाने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रबेश गर्नेहरूमा टेक बहादुर घर्तिमगर, मिलन घर्तिमगर, दल बहादुर घर्तिमगर, भुबन घर्तिमागर, शिबलाल सुनार, जिब बहादुर घर्तिमगर लगायत एक दर्जन कार्यकर्ताहरुले नेपाली काँग्रेस परित्याग गरि राजमोमा प्रबेश गरेको हामीलाई शिव पन्थीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार