नेपाली युवकको दुर्घटनामा मृत्यु

दिल्ली । अग्नीसाइर गाउँपालिका वार्ड नं. ६ साबिक बकधुवा ६ सप्तरीका युवकको हिजो २८ मार्च विहान दुर्घटना भइ निधन भएको छ । हिजो दिउँसो मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोनीपत करन थापासँग ह्वाटएपमा आएको फोटो र नेपाली भएको शंकामा छानबिन गर्दा हरियाणाको जिन्द जिला अन्तर्गत सफिदो सरकारी अस्पतालमा लावारीस शवको अवस्था रहेको जानकारी प्रात भयो ।

निजको पहिचानको कुनै आधार नभएको र गोजीमा तिनवटा नम्बर भएको कागज भएको र ती नम्बरहरुबाट समेत जानकारी नभएको भन्ने सुने पछि त्यो कागजको फोटो मगाएर पत्तो लगाउँदा ती नम्बरहरु इन्टरनेसनल कोड बिनाका नेपाली नम्बर हरेछन् । केही नम्बर सुदुरपश्चिमका रहेको र एउटा नम्बर सप्तरीको गिता राईको रहेछ, उनलाई फोटो पठाउँदा उनको भाइ श्याम राईको रूपमा पहिचान गरेकी छिन् ।

रोजगारको क्रममा सप्तरीबाट हरियाणाको सफिदो पुगेका श्याम राईको पहिचानसंगै करोनाको कारणले लकडाउनको समयमा दाहसंस्कारको समेत समस्या देखिएको छ । हालसम्म उनको गाउँले अमर कोइराला गुरुग्राम मानेसरसँग सम्पर्क भएको छ । थाना सफिदो ASI सलेन्द्र सिंह र थाना अध्यक्ष इ. धर्मवीर सिंहलाई अहिलेको लकडाउनको अवस्थाको मध्यनजर आवश्यक सहयोगको लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार