नेपाल जाँदै गरेको गाडि कन्नौजमा दुर्घटना, १२ जना बढि घाईते

दिल्ली, ६ जेठ । हरियाणाको पानिपातबाट नेपाल आउदै गरेको ट्राभलर गाडी आज दिउसो करीव १२ बजे  उत्तरप्रदेशको कन्नौजमा दुर्घटना हुदा १२ जना भन्दा बढि घाइते भएका छन् । घाईते हुनेमा सबै नेपाली रहेका छन् ।

आगरा एक्सप्रेस मार्गमा भएको गाडी दुर्घटनामा पानीपतबाट धनगढी आउदै गरेका नेपालीहरु परेको बताईएको छ । उनीहरु गाडी बुक गरेर पानीपातबाट गौरीफन्टा आउदै थिए ।

दुर्घटनास्थल कन्नोजको सौरिख प्रहरी चौकी अन्तर्गत पर्छ । स्थानीय प्रहरीले घट्नाको जानकारी पाए लगत्तै घाईतेहरुलाई उद्दार गरी अस्पतालमा पुर्याइएको थियो ।

दुर्घटनामा घाईते भएका १२ जनाभन्दा बढि व्यक्तिको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

तिब्र गतिमा रहेका गाडी चालकले नियन्त्रण गुमाउदा सडकमा पल्टिएको थियो । दुर्घटनापछि आगरा एक्सप्रेस मार्ग केही बेर अबरुद्ध भएको थियो ।

श्रोतः पश्चिम टुडे

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार