नेपाल संघीयताबाट फर्किन खोजे कै होत ?

काठमाडौं । सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायलाई परिपत्र गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’ मात्र लेख्नुपर्ने उल्लेख छ ।

मन्त्रालयका अनुसार गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको हो । नेपालको संविधानको अंग्रेजी अनुवादमा प्रयोग भइरहेका विभिन्न १६ वटा शब्दहरुलाई सरकारले सच्याउने निर्णय गरेको छ ।

कानून मन्त्रालयले पठाएको परिपत्रका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट कात्तिक ५ गते देशभरिका सबै (७५३) स्थानीय तहलाई निर्णय कार्यान्वयनका लागि परिपत्र पठाइएको छ । संघीय मामिला मन्त्रालयले स्थानीय तहलाई पठाएको परिपत्रमा ‘मन्त्रिपरिषदको २०७७ असोज ११ को बैठकबाट भएको निर्णय कार्यान्वयन गर्नु गराउनु हुन आदेश अनुसार अनुरोध छ’ भनिएको छ ।

मन्त्रालयका अनुसार अंग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘एनइपीएएल’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको छ ।

सरकारले आफ्नो मातहतमा जारी गरेको सर्कुलरमा ‘विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरूमा समेत नेपालको औपचारिक नाम नेपालीमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ र अंग्रेजीमा ‘फेडरल डेमोक्रेटिक रिपब्लिक अफनेपाल’ लेख्ने गरिएकोमा अब उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा ‘नेपाल’ र अंग्रेजीमा ‘एनईपीएएल’ लेख्ने’ निर्देशन दिइएको छ ।

संघीय मालिला तथा सामान्य प्रशासन मन्त्री शिवमाया तुम्बाहाङ्फेले एकरुपताका लागि यस्तो निर्णय भएको बताउनुभएको छ । संविधानमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेखिएको स्पष्ट पार्दै मन्त्री तुम्बाहाङ्फेले संविधानमा ‘नेपालको संविधान, नेपाल’ भनेर लेखिएको बताउनुभयो । त्यसकारणले एकरुपता ल्याउनका लागि नेपालीमा ‘नेपाल’ र अंग्रेजीमा ‘एनईपीएएल’ लेख्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

यस्तो छ, सरकारको परिपत्र र सच्याउन निर्देशन दिएका १६ अंग्रेजी शब्दहरु

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार