जनकराज पौडेल
नेल्लोर । संघीयता खारेज गरियोस् कोरोना भाईरस् उपचारको प्रभावकारी कदम चालियोस् भन्ने मूल नारा सहितको राजमोको देशब्यापी विरोध कार्यक्रमको एक्यबद्धता जनाउँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समितिले विरोध सभा सम्पन्न पारेको छ ।
रुकमान खड्काको अध्यक्षता, देविराम केसीको सञ्चालनबाट कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सल्लाहकार ठाकुर केसी र महिला विभाग अध्यक्ष भुमा देविको आतित्थ्यता रहेको थियो । शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि, मनिराम पुनले उपस्थित जनमानसलाई स्वागत गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रम सफलताको शुभकामना दिनेहरुमा लक्ष्मण सुनार, सरस्वती सुनार, फुर्सी सुनार हुनुहुन्थ्यो । विरोध कार्यक्रम भब्यरुपमा सफल भएको नेल्लोर स्थित देविराम केसीले जानाकारी दिनुभएको छ ।