पंजाबमा एक नेपाली युवकले गरे आत्महत्या

मानसा, २० अगस्त । पंजाबको मानसा जिल्ला अन्तर्गत सरदुलगढमा एक नेपाली युवकले आत्महत्या गरेका छन् । स्थानीय प्रशासनले दिएको जानकारी अनुसार मृतक जिल्ला मोरङ उर्लावारी नगरपालिका ७ उर्लावारी निवासी छोरा भएको पुष्टि भएको छ ।

२२ वर्षीय राहुल शर्माले पंजाबको मानसस्थित सरदुलगढमा फास्टफुडमा काम गर्दै आएका थिए । राहुल शर्माले नगरनिगमको सदस्य एवं राजनैतिक व्यक्तीले आफुलाई मानसिक उत्पिडन गर्दै प्रतिदिन २००० कमिशन मागेको आरोप सहितको सुसाइड नोट प्रशासनलाई फेला परेको बताइएको छ ।

घटनाको खबर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई थाहा लाग्ने वित्तीकै मूल प्रवाह संगरूर नगर समितिका अध्यक्ष खेमराज पोखरेल र उपाध्यक्ष नारायण भुसाल तथा मानसा नगर समितिका बिष्णु नेपाली र किशन नेपाली घटनास्थल पुगी स्थानियहरु र सामाजिक व्यक्तीहरुलाई साथलिएर घटनाबारे जानकारी लिने, प्रशासनमा एफआईआर कापी लिने तथा एसएचओलाई भेटेर उक्त घटनाको निश्पक्ष र छिटो जाँच गरि दोषीलाई कडाभन्दा कडा कार्यवाही गर्न माग राखिएको छ ।

संगरुरबाट हामीलाई खेमराज पोखरेलले दिएको जानकारी अनुसार आरोपी लाई २ दिन भित्र नै गिरफ्तार गरि आवश्यक कार्रवाई गरिने एसएचओले आशस्वाशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार