पंजावमा नेपाली युवकले गरे आत्महत्या

819 जनाले पढ्नु भयो ।

कुलबहादुर बगाले
जालन्धर १३ अक्टुवर । पंजावको जालन्धरमा एक नेपाली युवकले गरे आत्महत्या पासो लगाएर आत्महत्या गरेको समाचार छ । प्राप्त समाचार अनुसार मृतक दाङ जिल्ला, गाउँपालिका राप्ती वार्ड न. ४ निवासी कुल बहादुर श्रेष्ठका छोरा सन्तोष श्रेष्ठ (रोविन शर्मा) परिचय खुल्न आएको छ ।

२१ वर्षका सन्तोषले जालन्धरमा खाना पकाउने काम गर्दै आएको र १२ अक्टुवरका दिन आफ्नै कोठामा ढोका बन्द गरि रस्सीको सहाराले पंखामा झुण्डिएर आत्महत्या गरेको स्थानीय प्रशासनले जनाएको छ ।

उनीसंगै कोठामा बस्ने साथी केशव खनालले बताए– “आफ्नो कामबाट कोठामा फर्के पछि ढोका भित्रदेखि बन्द भएको र खटखटाउँदा नखुलेपछी झ्यालबाट हेर्दा झुण्डिएको पाइयो ।”

सो घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धरलाई गराएका थिए । घटनाको जानकारी प्राप्त भए लगत्तै नगर सचिव दिल बहादुर गाहा र केशव खनाल उक्त घटना स्थलमा पुगेको थिए । संगठनका कार्यकर्ताहरूले स्थानीय प्रशासनलाई जानकारी गराए । पुलिस प्रशासनको उपस्थितिमा कोठाको ढोका खोलि मृतकका अभिभावकलाई सम्पर्क गरिएको थियो ।

घटनास्थलको छानबिन चलिरहे पनि कुनै सोसाइट नोट वा अन्य कुनै रहस्य भने लेखुलेकोले आत्महत्याको कारण थाहा लगेको छैन ।

मृतकका दाजु नेपाल देखी हिडिसकेको बताइएको छ । उनी आएपछि पोस्टमार्टम तथा आवश्यक प्रशासनिक प्रक्रिया अगाडि बढ्ने भएकोले शव प्रशासनले स्थानीय सिविल अस्पतालको शवगृहमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *