पदमबहादुर केसीप्रति भावपूर्ण श्रद्धान्जली

588 जनाले पढ्नु भयो ।

कोयम्बटोर । बाग्लुङ जिल्ला, जैमुनी नगरपालिका, बिनामारे हाल हाल RRR SPINNERS PVT LTD मा सन २०१७ सम्म काम गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्वतुर नगर समितिका सक्रिय कर्याकर्ता एवं भु.पु. नगर अध्यक्ष हाल सल्लाहकार सदस्य पदम बहादुर केसीको हृदयघातकको कारण २० फरवरी २०२१ का दिन असामयिक निधन भएको छ ।

उहाँको अन्तिम दाहसंस्कार २१ फरवरी २०२१ (आइतबार) तुडियलुर, कोयम्बतुरको संसार घाटमा गरिएको छ ।

उहाँ गत सन १९८९ देखि एकता समाजमा सक्रियतापूर्वक काम गर्दै नगर अध्यक्ष पधमा २ पटक र हाल सल्लाहकार सदस्यमा भुमिका निभाउँदै आउनुभएको थियो । उहाँ इमान्दार र सक्रिय कार्यकर्तालाई गुमाउन बाध्य भयेको छ ।

उहाँको अन्तिम दाह संस्कारको दौरानमा शोक सभा सम्पन्न पारिएको छ । कार्यक्रमको अध्यक्षता याम बहादुर केसीले र सञ्चालन चन्द्रप्रसाद पौडेलले गर्नुभएको थियो । २ मिनेट मौनधारण पछि नगर अध्यक्ष नरेन्द्र कुमार नेपाली, निलगिरी नगर समितिका जगत हमाल, क्षेत्रीय समितिका सदस्य बिरे थापा केन्द्रीय परिषद सदस्य रबिशंकर शर्मा, करुर नगर समितिबाट धिरेन्द्रराज शर्मा लगायतले शोक मन्तव्य दिनुभएको थियो ।

यसै बीच समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले समाजको केन्द्रीय समितिको तर्फदेखि शोक वक्तव्य जारि गरि गहिरो शोक प्रकट गर्नुभएको छ ।

केसीले वक्तव्यमा लेख्नुभएको छ : “लामो समयदेखि तात्कालिन अखिल भारत नेपाली एकता समाजको सदस्य हुँदै, हालको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बटोर नगर समितिका अध्यक्षको जिम्मेवारी समेत निभाउनु भएका पदम बहादुर केसीको निधनले सिंगो एकता समाजलाई अपूर्णीय क्षति पुगेको छ ।

मृतक पदम बहादुर केसीले संगठनलाई आजसम्म पुर्याउनु भएको योगदानको सदा कदर गरिनेछ । वहाँको निधनले परिवारमा पर्न गएको दुःखप्रति गहिरो समवेदना प्रकट गर्दै धैर्यधारणाको कामना प्रकट गर्दछौं । साथै मृतकप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *