पश्चिमा दर्शनको विकास र त्यसमा योगदान

  •   
  •  
  •  
  •  
  •  
  •  

283 जनाले पढ्नु भयो ।

दुर्गानाथ खरेल ##
ईसापूर्व ५३५ देखि ४७५ सम्मका ग्रीस दार्शनिक हेराक्लिटसले आगोलाई आधारभूत तत्त्व मान्दथे । उनको मान्यतानुसार बिनारोकावट हरेक चिज परिवर्तन भइरहेको हुन्छ । उनले परिवर्तन भइरहने हरेक चिज विपरीत दिशाको भइरहन्छ; जस्तै– हामी एकै पटक युवा र वृद्ध भइरहेका अथवा आइरहेका र गइरहेका हुन्छौँ । अस्तित्त्वमा आइरहने र बिलाइरहने भइरहेको हुन्छ । त्यसकारण विपरीत तत्त्वको एकता भइरहेको हुनछ ।

प्राचीन सभ्यताको केन्द्र युनानबाट पश्चिमा दर्शनको सुरुवात भएको हो । ग्रीसलाई युनान भनिन्छ र त्यो युरोपमा पर्दछ । थेल्स ईसापूर्व ६४०–३६७ ले सर्वप्रथम युरोपमा सृष्टिको परमाणुवादी सिद्धान्तको व्याख्या गरे । प्राचीनकालका भारतवर्षका चार्वाकले पृथ्वी, जल, तेज र वायु—यिनै चार तत्त्वको सयोगले शरीरको निर्माण हुन्छ । शरीर नष्ट भएपछि आत्मा पनि नष्ट हुन्छ भन्ने मान्यता राख्दथे ।

मानव समाज सुरुदेखि नै प्रकृतिसँग सम्बन्धित त थियो नै तर प्रकृतिको रहस्य बुझ्न नसकेर आफ्नो चेतनाले काम गर्नेभन्दा स्वाभाविक प्रतिकृयाले काम गर्ने गर्दथे । पछि शासक वर्गले आआफ्नो स्वार्थलाई पुष्टि गर्ने सिलसिलामा चिन्तनको उपयोग गर्न थाले ।

तीन हजार वर्षपहिले दर्शनको सुरुवात हुँदा मानव समाजमा दासव्यवस्था प्रचलित थियो । त्यतिखेरका दार्शनिकको सोच्ने, तर्क गर्ने, चिन्तन मनन गर्ने समय दासको कठोर मिहिनेतका कारणले प्राप्त भएको भए पनि चिन्तनमा छाप दासमालिककै परको थियो । प्रकृतिको रहस्यको खोजी र सामाजिक जीवनमा प्रभृत्व राख्ने वर्गलाई बचाउनसमेत मान्छेले आफ्नो बुद्धिका लागि एउटा विश्रामस्थल खोज्न थाल्यो । उसले जीवन र जगत्लाई हेर्ने एउटा दृष्टि बनायो । मान्छेका अनेक दृष्टि बने ।

आजकल हामीले “दर्शन” भन्दै प्राचीन दर्शन पूर्वमा आर्यहरूको वैदिककाल, उपनिषद् काल हुँदै दार्शनिक कालसम्म र पश्चिममा प्राचीन युनानबाट सुरु गर्न सक्दछौँ । ईसापूर्व छसात सय वर्षपहिलेको युनानी चिन्तन नै पश्चिमा प्राचीन दर्शनको प्रस्थानविन्दु थियो । उपनिषद् काल ईसापूर्व ७०० देखि १०० सम्मको समयमा आएर पूर्वीय दर्शनको जग बस्न थालेको अथवा ईसापूर्व ३५०, जसलाई बुद्धको दार्शनिक काल भनिन्छ, त्यही समय र त्यसपछि यहाँ दर्शनशास्त्रको चिन्तन र विकास सुरु भयो ।

प्राचीन सभ्यताको मुहानको रूपमा युरोप महादेशको सानो देश ग्रीस, जसलाई युनान पनि भनिन्छ । त्यहीँबाट पश्चिमा प्राचीन दर्शनको पहिलो र ठोस रूप सुरु भएको जाति मानिन्छ । उनीहरूको वाद–विवाद, तर्क–वितर्क कला अगाडि भएकाले भारतको न्याय वैशेषिकहरूले प्रारम्भ गरेको चिन्तन पद्धतिमा पनि उनीहरूकै प्रभाव परेको मानिन्छ ।

आर्यहरूले भारतको उत्तर प्रदेशमा प्राचीनकाल ईसापूर्व १,५०० देखि ईसापूर्व १,००० सम्म ५०० वर्षको अवधिमा वेदको रचना गरेका थिए । सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेद भने ईसापूर्व १,५२० देखि १,४२० ईसापूर्वसम्म १०० वर्षको अवधिमै पूरा गरेको मान्छि ।

आर्यहरूले भारतको उत्तर प्रदेशमा प्राचीनकाल ईसापूर्व १,५०० देखि ईसापूर्व १,००० सम्म ५०० वर्षको अवधिमा वेदको रचना गरेका थिए । सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेद भने ईसापूर्व १,५२० देखि १,४२० ईसापूर्वसम्म १०० वर्षको अवधिमै पूरा गरेको मान्छि (शेषमणि आचार्य; २०५१ : ४) ।

दार्शनिक चिन्तनको विकास सुरु हुँदा कामको आधारमा जाति विभाजन सुरु भइसकेको थियो । ऋग्वेदका घुमन्तेहरू स्थिर बस्तीमा रूपान्तरण भइसकेपछि उनीहरूको चेतनाले दर्शनको पखेटा हान्न थाल्यो (उही; पृ. ५) ।

वैदिककाल मातृसत्तात्मक र पितृसत्तात्मकबिचको सङ्क्रमण कालीन समाज थियो । स्वतन्त्र दार्शनिक चिन्तनको सुरुवात उपनिषद् कालको अन्ततिर सुरु हुन लागेको थियो । उपनिषद् कालको ७०० वर्षको अन्तिमतिर जगत्, ब्रह्म, आत्मा वा जीव, पुनर्जन्म र मुक्तिजस्ता विषयले चिन्तनमा ठाउँ पाएको अवस्था थियो । शासकवर्गलाई शासन सञ्चालन गर्न हौसला र श्रमिकवर्गलाई शासकप्रति विश्वास, त्याग र समर्पण भाव जगाएर व्यक्तिगत सम्पत्तिको संरक्षण गर्ने गराउने उद्देश्यको मातहतमा वैचारिक अस्त्रको काम पनि उपनिषद्ले गर्नुपर्यो ।

पाश्चात्य दर्शनको उद्गम श्रोत युनान भएको पाइन्छ । युनानी दर्शनको पहिलो काल ईसापूर्व ६०० देखि ईसापूर्व ४०० सम्म थियो । यो २०० वर्षको अवधिमा युनिक सम्प्रदाय, बुद्धिवाद, अद्वैतवाद, द्वैतवाद र सोफियावाद गरी युनानी दर्शनका पाँच चरण रहेका युनिक सम्प्रदायमा दार्शनिकको तत्त्व विज्ञासामा कौतुहल बढी भएको पाइन्छ । उनीहरूमा काल्पनिकभन्दा वास्तविकताको खोज गर्ने प्रयत्न बढी थियो । यस समयका दार्शनिकहरू प्रकृति र जीवजगत् सम्पूर्णमा वस्तुनिर्माण हुने तत्त्वको विषयमा जिज्ञासा राख्ने र त्यस्तो तत्त्व भए/नभएको र भए त्यसको अवस्था निश्चित गर्न पनि लालायित भएको सोचाइ राख्दथे । त्यतिखेरका दार्शनिकहरू थेल्स (ईसापूर्व ६२४–५३४), अनक्सिमन्दर (ईसापूर्व ६११–५४६) र अनक्सिमन (ईसापूर्व ५८८–५२४) हुन् । यी दार्शनिकहरूले पानी, हावा तथा अग्निलाई मूल तत्त्व मान्दथे । यिनीहरूले नै पाश्चात्य दर्शनको शिलन्यास गरेका हुन् (शेषमणि आचार्य; २०५१ : ११) ।

दोस्रो चरणका प्राचीन बुद्धिवादी दार्शनिकहरू पाइथागोरस (ईसापूर्व ५८२–४९३) थिए । पाइथागोरस दार्शनिकका साथै गणितज्ञ पनि थिए । उनी पूर्वजन्ममा विश्वास राख्दथे (उही; १२) । उनको दृष्टिकोण भारतीय उपनिषद्सँग मिल्दोजुल्दो पाइन्छ ।

अद्वैतवादी दार्शनिकहरू क्सेनोफेन (ईसापूर्व ५७६–४८०), परमेनिद (५४० ईसापूर्व) र जेनो (४९० ईसापूर्व) का थिए । यिनीहरूले बहुदेवमाथि विश्वास गर्दैनथे, अद्वैतवादी विचारका थिए । क्सेनोफेनको देवतालाई मानवाकारको रूपमा नमाने पनि ईश्वर शक्तिमान छन् भन्ने मान्यता थियो । यस सप्रदायका दार्शनिक र राजनीतिज्ञसमेत भएका प्रमुख व्यक्ति जेनो थिए । उनी अद्वैतवादी हुँदाहुँदै छलफल, वादविवाद, प्रतिवाद प्रयोग गर्ने प्रथम युनानी द्वन्द्ववादी पनि थिए । संसारको वास्तविकता एउटै मात्र छ भन्ने सारांशसहित यस सम्प्रदायका दार्शनिकले अन्तिम निष्कर्ष ज्ञान चिन्तन प्रकृयाद्वारा मात्र प्राप्त गर्न सकिने मान्यतामा विश्वस्त थिए । त्यतिखेरको समाजलाई विचार गर्दा त्यही पनि उच्च प्रकारको र कठिन प्रयत्नको उपज मान्नुपर्ने हुन्छ ।

युनानमा विस्तारै अद्वेतवादको विरोधी धाराको रूपमा द्वैतवाद पनि विकसित हुँदै गयो । यस धाराका दार्शनिकहरूले स्थीर, नित्य तत्त्वको बयान गर्दागर्दै तत्त्वको प्रतिकृयास्वरूप परिवर्तन हुन्छ भन्ने पनि उनीहरूको धारणा थियो ।

द्वैतवादी प्रमुख दार्शनिक हेराक्लिटस थिए । गौतम बुद्धका समकालीन यी दार्शनिकले परिवर्तन र क्षणिकवादमाथि विश्वास राख्दथे । संसार सृष्टि र प्रलयको प्रकृयावाद गुज्रन्छ, सृष्टिको विनास अग्निद्वारा हुन्छ भन्ने विचारका साथै उनले कुने पनि वस्तु स्थिर नहुने र स्थाथी गुणसम्पन्न कोही केही पनि नहुने उनको धारणा थियो ।

द्वैतवादी प्रमुख दार्शनिक हेराक्लिटस थिए । गौतम बुद्धका समकालीन यी दार्शनिकले परिवर्तन र क्षणिकवादमाथि विश्वास राख्दथे । संसार सृष्टि र प्रलयको प्रकृयावाद गुज्रन्छ, सृष्टिको विनास अग्निद्वारा हुन्छ भन्ने विचारका साथै उनले कुने पनि वस्तु स्थिर नहुने र स्थाथी गुणसम्पन्न कोही केही पनि नहुने उनको धारणा थियो । आफू सम्भ्रान्त परिवारका भएर पनि सत्ता व्यापारीको हातमा गएकाले पनि विद्रोही भावनामा सहयोग पुगेको हुन सक्छ ।

अर्का दार्शनिक डेमोक्रेटिस (ईसापूर्व ४६०–३७०) का हुन् । यिनी युनानी परमाणुवादका पूवर्तक मान्छिन् । इरानको आक्रमणले युनान छिन्नभिन्न भएको समयमा घुमन्ते दार्शनिकहरूको विकास भएकाले साधु दार्शनिकलाई “सोफी” र उनीहरूको वैचारिक धारालाई सोफीवाद भनिएको थियो । समयावधिका हिसाबले त्यो समय ईसापूर्व छैटौँ शताब्दीको पूर्वाद्र्ध थियो । यिनीहरूले पुराना विचारका विरुद्ध उभिएर र दार्शनिक चिन्तनलाई बढाउँदै लगे । यिनीहरूको समयमा युनानी नगर एथेन्स दार्शनिक अध्ययनको केन्द्र बनिसकेको थियो ।

यस्तै अवस्थामा सुकरात प्लेटो र अरस्तुजस्ता तत्कालीन महान् दार्शनिकको उदय भएको थियो । युनिक दार्शनिक कालदेखि सोफीवादसम्मको समयावधिलाई युनानी दर्शनको प्रारम्भिक काल भनिन्छ । यो अहिलेभन्दा तीन हजार वर्षभित्रकै काल हो । समाजमा दासव्यवस्था परिपक्क हुँदै गएर पनि विरोधको स्वर चर्कन लागेको समय थियो । जम्माजम्मी चार हजार वर्ष चलेको दासव्यवस्था आफै ओरालो लाग्ने समय भइसकेको थियो । खोज–अनुसन्धान र प्रकृति विरुद्ध विज्ञानको प्रयोग अत्यन्त कम भएका कारण कडा शारीरिक श्रममा धेरे जनालाई लगाउदा मात्रै थोरै सङ्ख्याका मान्छेको सामान्य आवश्यकता मात्र पूरा हुन सक्ने अवस्थाको थियो त्यो ।

सुकरात (ईसापूर्व ४६९–३९९) लाई युनानी स्वर्णयुगका यथार्थवादी दार्शनिक भनिन्छ । त्यस अवस्थामा युनान विभिन्न नगरराज्यमा विभाजित थियो । दासमालिक र अभिजात वर्ग नै प्रजातन्त्रका हकदार मानिन्थे । तत्कालीन समाजमा मूर्तिपूजा गर्ने चलन व्यापक भइसकेको थियो । सुकरात समाज व्यवस्थाबाट असन्तुष्ट थिए । शासकवर्गले उनको यथार्थवादबाट अत्यन्त भयभित भई ७० वर्षको उमेरमा विषपान गराएर मृत्युदण्डको सजाय दिएको थियो ।

सुकरात आफूले कुनै पुस्तक पनि लेखेनन् । धेरै पुस्तासम्म वेद र बुद्धवचनलाई झैँ घोर पुस्तान्तर गराउने कामसमेत नगरे पनि उनका शिष्यहरूले उनको विचार सुुरक्षित राख्ने काम भने गरेका थिए ।

सुकरात आफूले कुनै पुस्तक पनि लेखेनन् । धेरै पुस्तासम्म वेद र बुद्धवचनलाई झैँ घोर पुस्तान्तर गराउने कामसमेत नगरे पनि उनका शिष्यहरूले उनको विचार सुुरक्षित राख्ने काम भने गरेका थिए ।

सुकरातका प्रमुख शिष्य प्लेटो (ईसापूर्व ४२७–३४६) थिए । उनी दार्शनिक र राजनीतिज्ञ दुवै थिए । आफ्ना गुरुको निर्मम हत्यापछि गणतन्त्रात्मक पद्धतिमाथि घृणा जागेर काल्पनिक समाज व्यवस्थाको सिद्धान्त प्रतिपादन गरेर दार्शनिकको सत्ता हुनुपर्ने वकालत गर्न थाले । त्यसैले उनी बुद्धिवादी दार्शनिक कहलिए । प्रत्यक्ष अनुभव कुने वस्तुको बाह्यपक्ष र ज्ञान तथा बुद्धि नै केलाउनुपर्ने मुख्य आन्तरिक पक्ष हो भन्ने उनको धारणा थियो । उनले विज्ञान (मन) र भौतिक तत्त्व दुई मुख्य तत्त्व मानेर पनि उच्चतम विज्ञान ईश्वरलाई मान्दथे ।

अरस्तु (ईसापूर्व ३८०–३२२) पूर्वीय दर्शनमा गौतम बुद्ध जन्मेको एक शताब्दीपछि युनानी नगर स्तागिरामा जन्मेका अरस्तु वस्तुवादी दार्शनिक थिए । उनी प्लेटोद्वारा प्रशिक्षित पनि थिए । अरस्तु सिकन्दरका महान् गुरु थिए । सिकन्दरको मृत्युपछि एथेन्सको सत्तासङ्घर्षमा पराजित गुटका समर्थक भए । एथेन्सबाट अर्काे सहरमा भागेर शरण लिए । त्यहीँ ईसापूर्व ३२२ मा उनको देहवसान भयो । उनी दार्शनिक र प्राणीशास्त्री थिए ।

अरस्तुपछि युनानी दर्शनको युनिक सम्प्रदाय पाइथागोरस र प्लेटोको बुद्धिवादी सम्प्रदायको मेल र मिश्रण गरिएको थियो । अरस्तुले भौतिक तत्त्व र बुद्धि दुवैको समन्वयको वकालत गर्दथे ।

अरस्तुपछि युनानी दर्शनको युनिक सम्प्रदाय पाइथागोरस र प्लेटोको बुद्धिवादी सम्प्रदायको मेल र मिश्रण गरिएको थियो । अरस्तुले भौतिक तत्त्व र बुद्धि दुवैको समन्वयको वकालत गर्दथे (शेषमणि आचार्य; २०५१ : १९) ।

सिकन्दर र अरस्तुको मृत्युपछि पुरानो युनानको प्रशंसा र सम्पन्नता छिन्नभिन्न अवस्थामा पुग्यो । ईसापूर्व ३३८ तिर मकुदुनिया राज्यसँग युनानको हार भएपछि युनानी चिन्तनको नराम्रोसँग दुर्दसासहित क्षय सुरु भयो । पराजित युनान फेरि कहिल्यै पनि पहिलेको जस्तो दर्शनको शुद्धताको आधारभूमि रहन सकेन । बाँकी रहेका र नयाँ सबेजसो दार्शनिकहरू उग्र वा नरम दुवै पक्षबाट पराजित मानसिकताका कारणले प्रतिगमन भएको कुरा उनीहरूले त्यसैअनुसार नीति र आचारशास्त्रका प्रतिपादनमा जोड दिन थालेबाट प्रष्ट हुँदै गयो ।

यसै कालमा युनानी भौतिकवाद पूर्वीय चार्वाक दर्शनसँग मेल खाने गरी उदय भयो । त्यही दर्शनलाई (ईसापूर्व ३४१–२७०) का एपिक्युरसको नामबाट एपिक्युरीय भौतिकवाद पनि भनिन्छ । इन्द्रियग्राह ज्ञानमा जोड दिएको यस दर्शनमा सुधार र प्रतिगमनको स्पष्ट सङ्केत देखा पर्यो । भन्ने गरियो कि इन्द्रियद्वारा प्राप्त ज्ञान कहिलेकाहिँ गलत देखिएमा मानिसले बारम्बारको प्रयोग वा अरूबाट सिकेर सुधार्न सक्छ । यस दर्शनको आसय आफ्नो निश्चित विचारभन्दा विजयी शासकको चाप परेकाले आफ्नो दृढ मत व्यक्त गर्न नसकेर सुधार गर्ने अथवा शासकको अनुकूलका विचार प्रवाह गर्ने गरी सुधार भएको अर्थमा सजिलै बुझ्न सकिन्थ्यो ।

त्यसपछि स्टाइकपन्थी दार्शनिक विचार देखा पर्यो । यो पूर्वीय दर्शनजस्तो ब्रह्मवादी विचार थियो । यो विचारले अद्वैतवादमाथि विश्वास राख्दछ । युनानी दर्शनको सुधारिएको प्रकृतिअनुसार हरेक विषयवस्तुलाई हेर्ने सन्देहवादी, साथै अन्तिमतिर प्लेटोको दर्शनको नयाँ रूप पनि देखा पर्छ । जे जसरी भए पनि युनानी दर्शनको मौलिक रूपबाट चिन्तनको स्वरूप रहस्यवादी दर्शनको गर्भमा फस्दै गइरहने काम भयो । दर्शनको स्थानमा रहस्यमय चिन्तनले, धार्मिक रहस्यवादले दर्शनको स्थान ओगट्दै गएर दर्शन धार्मिक रहस्यको दलदलमा भासियो । सुरुमा इसाई चर्चको दर्शनप्रति कुदृष्टि थियो । इसाई दार्शनिकले धर्मको रहस्यलाई दर्शनको गुलियो चास्नीमा डुबाउन थाले ।

इसाई सन्त अगस्टिन ईसापूर्व ३५३–३३० ले गर्दै ईसापूर्व ५२९ मा राजा जरास्तुनियनले ७०० वर्षको अन्धकार युग सुरु गराए ।

पश्चिममा युनानी दर्शनमा अन्धकारको युग सुरु भएपछि धर्मले आफ्नो भूमिका बढाएर धार्मिक अन्धविश्वासतिर समाजलाई पथभ्रष्ट बनाउन सुरु गरेको पाइन्छ । सुरुमा हरेक नयाँ चिन्तनको विरुद्ध धर्म खडा हुन सुरु ग¥यो । प्राचीन इसाई चर्चहरूले नयाँ मान्यताप्रति सत्रुता राख्न थाले । हुन त क्राइस्टले सुरु गरेको चिन्तन पनि तत्कालीन अवस्थामा एक किसिमको सामाजिक सुधार नै थियो तर स्वयम क्राइस्ट पनि पुराना धार्मिक शासकको निसानामा नै परे । तर बाइबललाई हरेक विषयमा प्रमाण मान्ने र चर्चहरूको निर्णायक भूमिका हुने भएका कारणले इसाई धर्ममा पनि विभिन्न सम्प्रदाय देखा पर्न थाले । विश्वलाई हेर्ने चर्च दृष्टिकोण बन्न थाल्यो (शेषमणि आचार्य; २०५१ : २२) ।

इस्वी संवत् छैटौँ शताब्दीतिर मोहम्मदले आफूलाई तत्कालीन लुटेरा कबिला अरब समाजमा पैगम्बरको रूपमा प्रस्तुत भई सुधार गर्ने लक्ष्य राखे । पुरानो धर्मको विरोध गर्दै उनले पनि नयाँ धर्मको स्थापना गर्न खोजे ।

इस्वी संवत् छैटौँ शताब्दीतिर मोहम्मदले आफूलाई तत्कालीन लुटेरा कबिला अरब समाजमा पैगम्बरको रूपमा प्रस्तुत भई सुधार गर्ने लक्ष्य राखे । पुरानो धर्मको विरोध गर्दै उनले पनि नयाँ धर्मको स्थापना गर्न खोजे ।

मूर्तिपूजाको विरोध गर्ने इस्लाम धर्मको उद्देश्य पनि तत्कालीन कबिला समाजमा शान्तिस्थापना गर्ने थियो । इस्लामीहरूले ईश्वर एउटै हो भन्ने तत्कालीन धार्मिक दृष्टिकोण व्यक्त गर्दथे । त्यसैलाई मूल धार बनाएर इस्लामिक धर्मको पनि कबिला समाजमा शान्तिस्थापना गर्ने प्रयत्न गर्दथे । तर व्यक्तिगत सम्पत्ति प्रथा र सम्पत्तिको रक्षा जबर्जस्त रूपमा स्थापित र विकसित हुँदा चर्काे वर्गीय अन्तरविरोधको अवस्था हट्ने÷हटाउनेभन्दा शोषण सहने बनाउने नै प्रयत्न हुन्थ्यो । कुरानले स्वीकृत गरेका काम मात्र मानिसले गर्न हुने र गर्न पाउने निषेधित काम गर्न नहुने । स्वीकृत काम गरे स्वर्ग जान पाउने र निषेधित काम गरे नर्कमा जानुपर्ने भन्ने कुरानमा पनि बयान थियो ।

अरस्तुको शेषपछि २०० वर्षपछि अरब मुलुकमा उनका कृतिहरू अनुवाद गरेर पठनपाठन गर्ने विद्यापिठ पश्चिममा पनि खोलिए । इस्लामिक दर्शनको स्पेनलगायतका विभिन्न युरोपीय देशमा तेह्रौ शताब्दीतिर ल्याटिन भाषामा इस्लामिक ग्रन्थको अनुवाद भई प्रचार हुन थालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *