पश्चिमोत्तर क्षेत्रीय सदस्य धु्रब शाह पत्नी शोकमा

आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य तथा आगरा नगर समितिका संस्थापक सदस्य धु्रव शाह पत्नी शोकमा पर्नु भएको छ ।

शाहकी पत्नी कमला शाहको बुटवलस्थित आफ्नै निवास्थानमा २१ अक्टुबर २०२० का दिन दुःखद निधन भएको हो । ५२ वर्षीय शाहले विगत ५ र ६ महिना देखि गृह नगर, बुटवलमा रहेर हृदय रोगको उपचार गराउदै आउनु भएको थियो । यस दुःखद खबरले सम्पूर्ण मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति आगरा स्तबध भएको छ ।

मृतक श्रीमती कमला शाह मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति आगरा एवं पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्दछ । यस विषम स्थितिमा सम्पूर्ण शोकमा डुबेको शाह परिवारप्रति धैर्यधारणको कामना गर्दै गहिरो सवेदना प्रकट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार