पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा MCC विरुद्ध सभा सम्पन्न

वापी, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा एमसिसि सम्झौता विरुद्ध सभा सम्पन्न भएको छ ।

कार्यक्रम क्षेत्रीय समितिका सचिव ध्रुबराज न्यौंपानेको सञ्चालन र क्षेत्रीय उपाध्यक्ष कृष्ण कुँवरको अध्यक्षताबाट अगाडि बढेको थियो । कार्यक्रममा केन्द्रीय सचिव बेदबहादुर कार्कीको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रीय सदस्य रमकला काउछा केन्द्रीय सल्लाकार सदस्य श्रीधर शर्मा, क्षेत्रीय महिला बिभाग कि बिना काउछा, वापी पश्चिम नगर अध्यक्ष निखिल रावत वापी पुर्ब नगर समितिका गन बहादुर राना, सिलवासा नगरका सुरेन्द्र राना लगाएतले आतित्थ्यता गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछि क्षेत्रीय कोषाध्यक्ष प्रवीण सिंह काउछाले स्वागत मन्तब्य राख्नु भएको थियो ।

केवल २४ घण्टा भित्रको समयावधिमा निश्चित गरिएको सो बिरोध सभामा व्यापक जनसहभागिता रहेको थियो । “एमसिसि चाहिंदैन, देश बेच्न पाहिंदैन” भन्ने गनभेदी नारा लगाएर सहभागिहरुले सभालाई गुन्जयमान बनाएका थिए । स–साना कलाकार भाइ बहिनीहरुले राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताको रक्षार्थ आन्दोलन सरिक हुनका लागि साँस्कृतिक कार्यक्रम मार्फत आव्हान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार