पहिरोको उच्च जोखिममा परेका ८ परिवारलाई सुरक्षित स्थानमा सारियो

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

185 जनाले पढ्नु भयो ।

वसन्त खड्का, अर्घाखाँची ।
तीन दिनदेखिको लगातारको वर्षाका कारण सन्धिखर्क नगरपालिका–७ भुजुङ्गे स्थित दलित बस्ती पहिरोको उच्च जोखिममा परेपछि आठ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिले देखिनै जोखिममा रहेको सो बस्ती झनै जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको हो ।

राष्ट्रिय जनमोर्चाको पहलपछि तथा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टोलीद्वारा ती आठ परिवारलाई डिडिडाडा स्थित चन्द्रप्रभा माविमा राखिएको हो ।

स्थानान्तरण गरिएकाहरुमा बिन्दु परियारको परिवारका २ जना, बिष्णु नेपालीको परिवारका ५ जना, कृष्ण बहादुर नेपालीको परिवारका ३ जना, नर बहादुर नेपालीको परिवारका ६ जना, पुन बहादुर नेपालीको परिवारका ८ जना, भिम बहादुर नेपालीको परिवारका३ जना, वसन्त नेपालीको परिवारका ११ जना रहेका छन् ।

जोखियुक्त बस्तीका अन्य घरपरिवारलाई पनि उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सो क्षेत्रमा नेपाल प्रहरीका सई नक्कुल गिरि, सशस्त्र प्रहरीका सई महेन्द्र बहादुर नेपाली वडा सदस्य रामलाल खनाल, स्थानीय पत्रकार पत्रकार केशव घिमिरेसहितका स्थानीय अगुवाहरूले स्थलगत निरीक्षण गरेका थिए ।

यता, भूमिकास्थान नगरपालिकाको वडा नं. ९ भुजेलपानी पनि पहिरोको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *