पहिरोबाट दुई सन्तान गुमाएकी आमालाई राजमोको राहत

  •   
  •  
  •  
  •  
  •  
  •  

264 जनाले पढ्नु भयो ।

तिलक थापा, बागलुङ ।
राष्ट्रिय जनमोर्चा बागलुङले पहिरोमा पुररिएर दुई सन्तान गुमाएकी महिलालाई राहत रकम उपलब्ध गराएको छ ।

तमानखोला गाउँपालिका–२ खोलेस्बाङमा साउन १२ गतेको पहिरोमा घर पुरिएर मृत्यु भएका १३ वर्षीय खिम बहादुर विक र १२ वर्षीय रिता विककी आमा हुम कुमारी विकलाई राजमोले राहतस्वरुप १० हजार रुपैयाँ उपलब्ध गराएको हो ।

शुक्रबार पीडित परिवारलाई राजमोका राष्ट्रिय परिषद् सदस्य गौरीश्वर पाण्डे, राजमो बागलुङका जिल्ला सदस्य दीपक थापा, दुर्गादेवि घर्ती, राजमो तमानखोला गाउँ समितिका सदस्य मुक्तिनाथ छन्त्याल लगायतले राहत रकम हस्तान्तरण गर्नुभयो ।

खोलेस्बाङमा गत सोमबार राति साढे १ बजे घर माथिको मोटरबाटो बाट पहिरो खसेर घर पुरिँदा स्थानीय होमबहादुर विकको १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रिता विकको मृत्यु भएको थियो ।

विककी श्रीमति हुम कुमारी विक घाइते भएकी थिइन् । होमबहादुर भने विदेशमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *